Arghakhanchi Bulletin : The Fastest News Publisher

म्यानपावर व्यावसायीहरुको गैरजिम्मेवार र सरकारको भ्रष्ट्र कार्यप्रणालीका कारण खाडीका नेपाली श्रमिकहरु समस्यामा:दुर्गा पौडेल,सांसद

   
601   पटक पढिएको

काठमाडौं । नेपालका विभिन्न मेनपावरहरूको गैरजिम्मेवर र भ्रष्ट कार्यप्रणालीका कारणले पनि नेपाली श्रमिकहरूले खाडिका मुलुकहरूमा धेरै दुःख पाउनु परेको छ । उनीहरूले आवश्यक कामको ग्यारेन्टी नभइकन नेपाली श्रमिकहरूलाई त्यहाँ पठाउने गर्दछन् र त्यहाँ पुगेपछि उनीहरूले कुनै जिम्मेवारी लिने गर्दैनन् ।

मेनपावरहरूको त्यस प्रकारको कार्यप्रणालीमाथि नियन्त्रण गर्नका लागि सरकारले कडा व्यवस्था वा आवश्यकतानुसार कडा दण्ड सजायको पनि व्यवस्था गर्नुपर्दछ भन्दै राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलद्वारा हस्ताक्षरित वक्तव्य नै जारी गरेको छ।

विज्ञप्तीको पुर्णपाठ:-

खाडिका देशहरूमा नेपाली श्रमिकहरू, खास गरेर महिलाहरूको अवस्था अत्यन्त खराब भएका समाचारहरू सञ्चार माध्यमहरूमा लगातार आइरहन्छन् । त्यसबारे सरकार र जनताको समेत विशेष ध्यान जानुपर्ने आवश्यकता छ । खाडिका देशहरूमा नेपाली श्रमिकहरूको अवस्था खराब हुनुका पछाडि सर्वप्रथम र मुख्य रूपले त्यहाँका देशहरूमा भएको प्रतिक्रियावादी राजनीतिक व्यवस्था नै जिम्मेवार छ । त्यहाँ श्रमिहरूका न्यायपूर्ण हक र हितका लागि पर्याप्त कानूनी व्यवस्था छैन ।

त्यसले गर्दा त्यहाँ नेपाली श्रमिकहरूले धेरै अन्याय र अत्याचारको सामना गरिराख्नु पर्दछ । त्यसका लागि सरकारले नै विशेष पहल गर्नुपर्ने आवश्यकता छ । त्यस शिलसिलामा मुख्य रूपले यो कुराहरूमा ध्यान दिनुपर्ने आवश्यकता छ ः त्यहाँका सरकारहरूसित कुटनीतिक स्तरमा उच्चस्तरमा कुराकानी गरेर नेपाली श्रमिकहरूका न्यायपूर्ण हक र हितको ग्यारेन्टीका लागि आवश्यक सम्झौताहरू गर्न पहल गर्नुपर्दछ ।

नेपालका विभिन्न मेनपावरहरूको गैरजिम्मेवार र भ्रष्ट कार्यप्रणालीका कारणले पनि नेपाली श्रमिकहरूले खाडिका मुलुकहरूमा धेरै दुःख पाउनु परेको छ । उनीहरूले आवश्यक कामको ग्यारेन्टी नभइकन नेपाली श्रमिकहरूलाई त्यहाँ पठाउने गर्दछन् र त्यहाँ पुगेपछि उनीहरूले कुनै जिम्मेवारी लिने गर्दैनन् ।

मेनपावरहरूको त्यस प्रकारको कार्यप्रणालीमाथि नियन्त्रण गर्नका लागि सरकारले कडा व्यवस्था वा आवश्यकतानुसार कडा दण्ड सजायको पनि व्यवस्था गर्नुपर्दछ । यसबारे सरकारले गरेको लापरवाही वा छुटका कारणले नेपाली श्रमिकहरू कैयौँ प्रकारका अन्याय र उत्पीडनको शिकार हुनु परिरहेको छ । महिलाहरूको अवस्था त छन् कैयौँ गुणा गम्भीर छ ।

प्रथमत, सरकारले घरेलु कामदारको रूपमा महिलाहरूलाई त्यहाँ पठाउन प्रतिबन्ध लगाएको छ । तर तस्करी गरेर थुप्रै महिलाहरूलाई अबैध तरिकाले त्यहाँ पुर्‍याउने गरिन्छ । त्यहाँ पुगेपछि पनि महिलाहरूमाथि कैयौँ प्रकारका उत्पीडन वा दुव्र्यवहारहरू हुने गर्दछन् । यसरी अबैध तरिकाले वा तस्करी गरेर जुन कम्पनीहरूले महिलाहरूलाई त्यहाँ पुर्‍याउने गर्दछन् तिनीहरूमाथि आवश्यक छानवीन र सजाय गर्न सरकार असमर्थ हुने गरेको छ । त्यसपट्टिपनि सरकारको विशेष ध्यान जानुपर्ने आवश्यकता छ ।

प्राप्त समाचारहरू अनुसार कैयौँ महिलाहरू ती देशहरूमा अलपत्र पर्दछन् वा नेपाली दुतावासहरूमा शरणार्थी भएर आउँछन् । यसबारे सरकारको विशेष ध्यान जानुपर्ने आवश्यकता छ । सरकारले मात्र त्यसबारे ध्यान दिएर पुग्दैन । सबै सामाजिक संघसंस्था, राजनीतिक दल वा जागरुक नेपालीहरूले पनि खाडिका देशहरूका नेपाली श्रमिकहरू र महिलाहरूबारे ध्यान दिनुपर्ने आवश्यकता छ ।

त्यसबारे आवश्यक कदमहरू उठाउन सरकारको ध्यान आकर्षित गर्न जनतामा पनि त्यसबारे चेतना फैलाउनका लागि उनीहरूले विशेष ध्यान दिनुपर्ने आवश्यकता छ । वास्तवमा खाडिका देशहरूमा नेपाली श्रमिक र महिलाहरूको समस्या एउटा गम्भीर राष्ट्रिय समस्या नै बनेको छ । त्यसकारण त्यसप्रति हामीहरू सबैको ध्यान जानु राष्ट्रिय आवश्यकता भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया