Arghakhanchi Bulletin : The Fastest News Publisher

जनवादी संगित तथा साहित्यको संरक्षण र उर्जा दिंदै आइरहनु भएकी कोकिल स्वरकी धनी जनवादी गायिका लक्ष्मी गुरुङ सम्मानित हुँदै

   
758   पटक पढिएको

काठमाडौं। लामो समय देखी रक्तिम सांस्कृतिक अभियानमा कृयाशिल भई जनवादी संगीत तथा साहित्यको सेवा गर्दै आइरहनु भएकी गायिका लक्ष्मी गुरुङ सम्मानित हुनुहुने भएको छ ।

यहि श्रावण ३० गते सांस्कृतिक संस्थानको सुर साधना अन्तर्गत जनवादी गायक हेमराज आश्रमको एकल सांझ को अवसरमा गायिका गुरुङ सम्मानित हुन लाग्नु भएको हो । कास्की जिल्ला भदौरेमा जन्मिनु भएकी गुरुङ वि.सं. २०४७ साल देखि रक्तिम परिवारमा आवद्ध भएर जागरणका गीत तथा संगीतको सेवा गर्दै आउनु भएको छ ।

सवैको प्रिय गायिकाको रुपमा स्थापित गुरुङको स्वर रक्तिम जनगिती यात्रा भाग ४ वाट निरन्तर रुपमा गुन्जिरहेको छ । पछिल्लो समयमा स्वास्थ्यको कारणले गीतहरु रेकर्ड गर्न नसकेको वताउँदै आउनु भएकी गुरुङको पछिल्लो गित मोहन विक्रम सिंह द्धारा लिखित फाल्गुन २४ को शिर्ष गीत चाहे चुडियोस … हो ।

झण्डै ४ दर्जन गीतहरु गाइसकेकी लक्ष्मी गुरुङका केही प्रतिनिधी गीतहरु "यो मेरो जिवन, नेपाली माटोमा फुलेको फुल , परदेशीको सपना , सामान्तले नौ जाल वुन्छ"आदी हुन । हाल वुटवल बस्दै आउनु भएका गायिका गुरुङ अहिले रक्तिम सांस्कृतिक अभियानको केन्द्रिय सल्लाहकारमा हुनुहुन्छ ।

हामीलाई जानकारीमा अाए अनुसार उक्त कार्यक्रममा लक्ष्मी गुरुङको पनि प्रस्तुति रहने छ । सांस्कृतिक संस्थानका अनुसार सो कार्यक्रम श्रावण ३० गते विहिवार जनै पूर्णिमाको दिन नाचघर जमलमा हुनेछ ।

दिनको १ वजे वाट सुरु हुने उक्त कार्यक्रमको उद्घाटन पूर्व उपप्रधानमन्त्री तथा राजमोका अध्यक्ष चित्र वहादुर केसीले गर्नुहुने छ भने आश्रम द्धारा प्रस्तुत विविध प्रस्तुतिहरुको साहित्यिक तथा सांगितिक समिक्षा जनवादी स्रष्टा मणी थापाले गर्नुहुनेछ ।

उक्त कार्यक्रममा आश्रमका करिव १ दर्जन गीतहरु साथै विच विचमा विविध नाच तथा कमेडी प्रस्तुतीहरु रहने कुरा जनवादी गायक हेमराज आश्रमले वताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

“चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगे

इजरायल।“चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगे