Arghakhanchi Bulletin : The Fastest News Publisher

सुनसरीको बराह नगरपालिका- ६ र ९ को कोशी टप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती घाँसे जंगलमा ४४ वटा गाई गोरु मृत फेला

   
74   पटक पढिएको

विराटनगर । सुनसरीको बराह नगरपालिका- ६ र ९ स्थित कोशी टप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती घाँसे जंगलमा स्थानीयको ४४ वटा गाई गोरु मृत फेला परेका छन् ।

जंगलमा गाई गोरु मृत रहेको भन्ने खबर पाएपछि प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरी टोलीले २८ वटा गाई र १६ वटा गोरु मृत अबस्थामा रहेको पाएको थियो ।

उक्त स्थानमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली तथा जिल्ला पशु सेवा केन्द्र ईनरुवाबाट पशु चिकित्सकसहितको टोली खटिईई अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।साभार अनलाइन खबर बाट 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया