Arghakhanchi Bulletin : The Fastest News Publisher

संसद कार्यकक्ष बाट २ सय ३४ सांसद टाप कसेपछि सभामुख महराले संसदमा बजाए ३ मिनेट घण्टी (भिडियो सहित )

   
334   पटक पढिएको

काठमाडौं।
साउन २३,अर्घाखाँचीबुलेटिन - बिहीबारको संसद बैठकमा सभामुख कृष्णबहादुर महराले लगातार ३ मिनेट घन्टी बजाएका छन् ।

महराले कुनै देवीदेवताको पूजापाठ तथा आरती उतार्नका लागि सो घण्टी बजाएका भने होइनन् । विधेयक पास गर्ने बेला संसद कार्यकक्ष पूरै रित्तो भएपछि उनले गणपुरक संख्या पत्ता लगाउनका लागि घण्टी बजाएका हुन् ।

सांसद देवप्रसाद तिमिल्सिनाले संविधानको धारा ९४ अनुसार गणपुरक संख्या पूरा नभएसम्म यो विधेयक पारित हुन नसक्ने भन्दै गणपुरक संख्या पत्ता लगाउन आग्रह गरेका थिए ।

सांसद तिमिल्सिनाको आग्रहपछि सभामुखले ३ मिनेट घण्टी बजाएका हुन् । सेफगार्ड, एन्टी–डम्पिङ तथा काउण्टर भेलिङ विधेयक, २०७६ को दफा १ देखि ५ सम्म निर्णयार्थ पारित गन आग्रह गर्नेबित्तिकै सांसद तिमिल्सिनाले सो माग गरेका थिए ।

३ मिनेट घण्टी बजाउँदा संसदका कूल सदस्य २ सय ७५ मध्ये ४१ सांसद मात्र उपस्थित थिए । श्रोत रातो पाटि संविधानको धारा ९४ अनुसार कुनै पनि विधेयक पारित हुन संसदको कम्तिमा एक तिहाई संख्या ६९ हुनुपर्ने थियो । गणपूरक संख्या नपुगेपछि सभामुख महराले १५ मिनेटका लागि बैठक रोके ।

भिडियो हेर्नका लागि यँहा क्लिक गर्नुहोला 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

“चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगे

इजरायल।“चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगे