Arghakhanchi Bulletin : The Fastest News Publisher

गुल्मीमा जिप दुर्घटना: ५ को अवस्था गम्भीर

   
477   पटक पढिएको

बुटवल। शुक्रबार साँझ गुल्मीको गौंडाकोटमा जिप दुर्घटना भएको छ । गुल्मीदरवार गाउँपालिका वडा नम्वर ३ गौडाकोटमा बुटवलबाट तम्घास आउँदै गरेको लु २ च ५४७५ नम्वरको जिप दुर्घटना भएको हो ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालका अनुसार कति तल खसेको छ भन्ने कुरा एकिन भइसकेको छैन । अहिलेसम्म ५ जना गम्भीर घाइतेलाई माथि सडकमा निकालेर ३ जना बढी गम्भीरलाई पाल्पा पठाइँदै छ । थप विवरणका लागि प्रहरी खटिएको छ ।

‘वारी गौडाकोट र पारी गौडाकोटको पँधेरोजस्तो देखिने खोल्साबाट धेरै तल खसेको भन्ने सुनेर जाँदैछु’ गुल्मीदरवार गाउँपालिका प्रमुख अशोककुमार थापाले भने ।

उनले भने, ‘क्षति विवरण त्यहाँ नपुगे सम्म भन्न सक्दिन ।’ जिपमा ६ जना यात्री सवार थिए । दुर्घटनामा गम्भीर घाइते ५ जनालाई पाल्पा पठाइएको छ भने १ जना बेपत्ता भएका छन् ।

दुर्घटनामा जिप्रका गुल्मीका प्रहरी हवल्दार कृष्ण पाण्डे पनि परेको जिल्ला प्रहरी प्रमुख एसपी दिपक बस्नेतले बताए । गाडी धेरै तल झरेकोले बेपत्ता खोजी भैरहेको प्रहरीले जनाएको छ ।श्रोत -रातो पाटी

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

“चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगे

इजरायल।“चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगे