Arghakhanchi Bulletin : The Fastest News Publisher

अर्घाखाँचीका चर्चित गायक,सर्जक मोहित मुनाल र गायिका सम्झना रणपालको मौलिक तिज कोशेली" छिन्छ पोते छिन्दैन मायाजाल " बजारमा सार्वजनिक (भिडियो सहित )

   
1322   पटक पढिएको

कमला थापा ,अर्घाखाँची।
साउन २५ ,अर्घाखाँचीबुलेटिन -अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको बाँगीमा जन्मेका,पछिल्लो समयमा नेपालि लोकसंगीतमा दर्शक श्रोताहरु बाट अत्यन्तै चर्चा कमाउन सफल चर्चित लोकदोहोरि गायक ,सर्जक ,एक कुशल कार्यक्रम प्रस्तोता मोहित मुनालको तिज कोशेली " छिन्छ पोते छिन्दैन मायाजाल " मौलिक गित भर्खरै मात्र बजारमा सार्वजनिक भएको छ ।

दर्जनौ लोकदोहोरी गीतमा अवाज दिई सकेका चर्चित गायक मोहित मुनालले बिगतका बर्षहरुमा जस्तै नारीहरुको महान चाड हरितालीका तिज २०७६ सालको अवसरमा " छिन्छ पोते छिन्दैन मायाजाल " मौलिक गित जालकाँडा म्युजिक प्रा.लिको युट्युब च्यानल बाट सार्वजनिक गरेका छन ।

यस " छिन्छ पोते छिन्दैन मायाजाल " तिज गीतमा अर्घाखाँचीका चर्चित गायक मोहित मुनाल र अर्घाखाँचीकै चर्चित गायीका सम्झना रणापाल र गायक सगुन बाबुरामको आवाज रहेको छ भने शब्द/संगीत मोहित मुनालकै रहेको छ ।

म्युजिक भिडियोको एरेन्ज कृष्ण भान्जाले गर्नुभएको छ भने सम्पादन - अनिल राना ,छायांकन- बिरेन्द्र भाट, निर्देशक - मदन खड्काले गरेका छन गितको उत्पादक वितरक जालकाँडा म्युजिक प्रा.ली रहेको छ ।

जालकाँडा म्युजिक प्रा.लीको प्रस्तुतिमा रहेको यस तिजगीतमा मोडल ,रिना थापा मगर , बिन्तिराज पुन्थोकी र झाबिंन नेपालीको उतकृष्ट अभिनय रहेको छ ।

भिडियो हेर्नको लागि यँहा क्लिक गर्नुहोला

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

“चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगे

इजरायल।“चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगे