Arghakhanchi Bulletin : The Fastest News Publisher

राष्ट्रिय तेक्वान्दो संघ अर्घाखाँची द्धारा खेलाडी सम्मान तथा कलर वेल्ट ग्रेडिङ्ग कार्यक्रम सम्पन्न । (तस्बिर सहित)

   
147   पटक पढिएको

श्याम घिमिरे,सन्धिखर्क ।
साउन २५,अर्घाखाँचीबुलेटिन -राष्ट्रिय तेक्वान्दो संघ जिल्ला कार्य समिति अर्घाखाँचीको आयोजनामा खेलाडी सम्मान तथा कलर वेल्ट ग्रेडिङ्ग कार्यक्रम सुक्रबार सन्धिखर्कमा सम्पन्न भएको छ ।

संघका जिल्ला अध्यक्ष बिष्णु परियारको अध्यक्षता उपाध्यक्ष साजन वलिको स्वागत मनतब्य र सचिब मनिष सिंहको सन्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले जिल्ला र देशलाई चिनाउन खेलाडीहरूको महत्त्वपूर्ण भुमिका रहने भन्दै अनुशासित र लगनशील भई अगाडि बढ्न सबै खेलाडीहरूलाई आग्रह गर्नुभयो ।

नगर प्रमुख भुसालले खेलकुदको समग्र बिकासकोलागि सन्धिखर्क नगरपालिका सधैभ सहयोग गर्न तयार रहेको बताउनु भयो ।

यस्तै कार्यक्रममा मनतब्य राख्दै नगरउपप्रमुख ठाकुर कुमार बिकले खेल र खेलाडीहरूको प्रोत्साहनको लागि नगरपालिका सहयोग गर्न तयार बताउनु भयो ।

कार्यक्रममा सनपा वडानम्बर १ का का.बा अध्यक्ष लक्ष्मण पराजुली ,वडानम्बर २ का का.बा अध्यक्ष शुश्मा श्रेष्ठ ,पत्रकार महासंघका अध्यक्ष हिम जिसि लेकाली ,प्रदेश सदस्य शोभाखर पंन्थी,वडानम्वर १ कि सदस्य शुमित्रा मुखिया, तेक्वान्दो संघका महासचिब प्रेम आले लगायतले शुभकामना मनतब्य राख्दै समग्र देश बिकाशमा खेलकुद क्षेत्रको महत्त्वपूर्ण भुमिका रहेको भन्दै खेलकुदलाई माथि उठाउन सबै लाग्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा तेक्वान्दो खेलाडी आकाश आले र किसनसिंह नेपालीलाई सम्मान समेत गरिएको थियो ।

पछिल्लो समय जिल्लामा तेकवान्दो प्रति बिद्यालय उमेरका समुहका बालबालीकाहरुको बढ्दो आर्कषण बढेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया