Arghakhanchi Bulletin : The Fastest News Publisher

मालपाेत कार्यालय अर्घाखाँचीले अनलाईन सेवा शुभारम्भ ग¥यो

   
511   पटक पढिएको

हिम लेकाली ,सन्धिखर्क।
साउन २६ , अर्घाखाँचीबुलेटिन- मालपाेत कार्यालय अर्घाखाँचीमा अनलाईन सेवा सुभारम्भ भएकाे छ ।

आईतवार देखि सुरू भएकाे यस सेवाले अब सेवाग्राहीहरूले छिटाे छरिताे रूपमा मालपाेत सम्बन्धि कामहरू पाउने भएका छन् । मालपाेत कार्यालय अर्घाखाँची द्वारा आयाेजित शुभारम्भ कार्यक्रममा बाेल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पारदर्शी र सुसासन कायम गर्न सूचना प्रबिधि मैत्री कार्यालय स्थापना गराउन मालपाेत कार्यालय लागि परेकाेमा कार्यालयलाई सफलताकाे शुभकामना ब्यक्त गर्नु भएको थियाे ।

उहाँले लामाे समय देखि लेखापढि ब्यवसायीहरूले गरेकाे कामकाे प्रशंसा गर्दै अब उहाँहरूलाई तालिम प्रदान गरि सहयाेगीकाे रूपमा लैजानु पर्ने बताउनु भयाे ।

मालपोत अधिकृत माधव अर्यालकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा भूमि ब्यबस्थापन अभिलेख विभाग का कम्प्युटर विज्ञ हिरा गाेपाल महर्जनले अनलाइन बिषयमा प्रकाश पार्दै यशीयालि बिकास बैंककाे सहयाेगमा सन्चालन भएको याे अभियान नेपालमा २०७२ बाट सुरू भएको बताउनु भयाे ।

उहाँले कम्प्युटर बाट गरिने सेवा सुरूमा ब्यबस्थित गर्न समय लागे पनि पछि छिटाे छरिताे र सुबिधायुक्त हुने बताउनु भयाे । कार्यक्रममा विशेष नापी प्रमुख खिम बहादुर राना ले समेत शुभकामना मन्तब्य राख्नु भएको थियाे ।

मालपाेत कार्यालय का नायव सुब्बा रूकेन्द्र पालुङ्गे काे सन्चालन र सुरबिर पुन काे स्वागतमा कार्यक्रम सम्पन्न भएको थियाे । कम्प्युटर सिष्टम बाट सुरू भएको याे अनलाईन सेवा प्रदान गर्ने जिल्लाहरूमा अर्घाखाँची जिल्ला ७९ स्थानमा रहेकाे छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

“चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगे

इजरायल।“चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगे