Arghakhanchi Bulletin : The Fastest News Publisher

अर्घाखाँचीको असुरकोटमा १६ बर्षिया युवती द्वारा झुण्डिएर आत्महत्या

   
3319   पटक पढिएको

कमला थापा ,सन्धिखर्क ।
साउन २७, अर्घाखाँचीबुलेटिन - अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर -५ असूरकोट चौतारा निवासी राजू परियारकि छोरि अन्दाजी बर्ष १६ कि अमृता परियार झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेकी छिन ।

अमृता परियारले आज बिहान करिव ७/८ बजेको समयमा आफ्नो घर देखि तलपट्टी रहेको गिठिको रुखमा चुन्निको पासो बनाइ झुण्डिएर आत्महत्या गरेको जानकारी आएको छ । बिहान अमृता परियारलाइ घरमा नदेखे पछी उनकी बहिनि बिपना परियारले घर वरिपरी खोज्दै जाँदा ९ बजेको समयमा घरको तलपट्टी रहेको गिठिको रुखमा आफ्नी दिदिलाइ झुण्डिएको अवस्थामा भेटाएकी थिइन ।

मृत्यु हुने अमृताका बुवा रोजगारीको शिलशिलामा भारतमा छन ,उनको घरमा दुइ भाइहरु र एक बहिनि अनि आमा रहेकी छिन । अमृता जनप्रिय माध्यमिक बिधालय असुरकोटमा ८ कक्षामा अध्यनरत थिइन ।

अहिले मृतक अमृता परियारको शबलाइ इलाका प्रहरी कार्यालय धारापानीले मुचुल्का उठाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा पठाएको खबर प्राप्त भएको छ, भने अमृताले आत्महत्या गर्नुको कारण अहिलेसम्म खुल्न सकेको छैन ,घटनाको बारेमा नेपाल प्रहरीले थप अनुसन्धान अघाडी बढाएको बुझिएको छ ।

पछिल्लो समयमा अर्घाखाँचीमा आत्महत्या गर्नेहरुको संख्या बढ्दै गएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया