Arghakhanchi Bulletin : The Fastest News Publisher

राष्ट्रिय जनमोर्चाले दियो पहिरो पीडितलाई राहत

   
536   पटक पढिएको

कुशुम मल्ल, बुर्तिबाङ । राष्ट्रिय जनमोर्चा बागलुङले तमानखोला गाउँपालिकाको वडा नम्बर ४ लाममेलाका पहिरो पीडितहरुलाई राहत वितरण गरेको छ ।

गत श्रावण १९ गते राती पहिरोमा पुरिएर मृत्यु भएकाको घर परिवार तथा घाइते परिवारलाई राष्ट्रिय जनमोर्चा बागलुङले २५ हजार रुपैयाँ नगद प्रदान गरेको जिल्ला उपाध्यक्ष धर्म बहादुर कवँरले जानाकारी दिए । पहिरोमा पुरिएर ज्यान गुमाएका तथा घाइते भएका पाँच घर परिवारलाई प्रति घर परिवार ५ हजारका दरले राहत प्रदान गरिएको उपाध्यक्ष कुवँरले बताए ।

राहत प्रदान कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष धर्म बहादुर कुँवर जिल्ला सल्लाहकार गौरिश्वर पाण्डे, जिल्ला सदस्य दुर्गादेवि घर्ती, तम बहादुर घर्ती, ढोरपाटन नगरपालिका ७ का अध्यक्ष दिपक थापा, तमानखोला गाउँपालिका वडा नम्बर ४ वडा अध्यक्ष उदिम बहादुर छन्त्याल, वडा सदस्य सदस्य तम बहादुर सिर्पाली लगायत, पहिरो पीडित परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो ।

पहिरोमा पुरिएर ४१ वर्षकी पंच कुमारी सिर्पाली, ७० वर्षकीे असारी सिर्पाली र १२ वर्षका प्रविण सिर्पालीको मृत्यु भएको थियो । घर पुरिंदा ओम बहादुर सिर्पाली, अनिल सिर्पाली, कमल सिर्पाली, देबेन्द्र सिर्पाली, चित्रा देवि सिर्पाली र अमसरा सिर्पाली घाइते हुनुभएको थियो । ४ परिवारको ५ घर पुरिंदा जनधनको ठूलो क्षति भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

“चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगे

इजरायल।“चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगे