Arghakhanchi Bulletin : The Fastest News Publisher

अर्घाखाँची जिल्लाको भू.न.पा ८ लम्चीमा आफ्नै ज्वाइँ द्वारा श्रीमती, सासू र सालोमाथि खुकुरी प्रहार

   
3912   पटक पढिएको

प्रेमनारायण आचार्य ,सन्धिखर्क ।
साउन २८ ,अर्घाखाँचीबुलेटिन -अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको नुवाकोटमा आफ्नै ज्वाइँको खुकुरी प्रहारबाट तीनजना गम्भीर घाइते भएका छन्।

खुकुरी प्रहारबाट श्रीमती, सासू र सालो घाइते भएका हुन्। भुमिकास्थान नगरपालिक- ६ खमारीबासका २७ वर्षीय चिरन घर्तीले सोमबार राति भुमिकास्थान नगरपालिका- ८ लम्चीमा ससुरालीमा आएर खुकुरी प्रहार गरेका थिए। चिरनले खुकुरी प्रहार गरिसकेपछी आफ्नो फेसबुकमा यस्तो स्टाटस लेखेर राखेका थिए।

खुकुरी प्रहारबाट श्रीमती १८ वर्षीया गीता घर्ती, सासू ४३ वर्षीया भुमकला क्षेत्री र सालो ११ वर्षीय अर्जुन क्षेत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले बताए।

खुकुरी प्रहार गरेर तीनैजनालाई घाइते बनाएपछि उनी फरार छन्। घाइते तीनैजनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्बिनी अञ्चल अस्पताल बुटबल पठाइएको थियो। बुटबलमा पनि उपचार हुन नसकेपछि तीनैजनालाई चितवनको पुरानो मेडिकल कलेजमा पठाइएको प्रहरीले बताएको छ।

पहिलेदेखि घरमा झगडा हुन थालेपछि चिरनकी श्रीमती माइतमा बस्दै आएकी थिइन्। २, ३ वर्ष पहिलेदेखि श्रीमान- श्रीमतीबीच झगडा हुँदै आएको स्थानीयले बताए। दुई वर्षअघि श्रीमान श्रीमतीको झगडा प्रहरी चौकी खिल्जीमा छलफलपछि मिलाएको थियो।

खुकुरी प्रहार गर्ने चिरनले आफ्नी सानी छोरीलाई आफ्नो फेसबुक मार्फत छोडेको संदेश पोष्ट 

मुख छोपेर ससुरालीमा आएका उनले परिवारमा रहेका तीनैजनालाई खुकुरी प्रहार गरी भागेका छन्। फरार रहेका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया