Arghakhanchi Bulletin : The Fastest News Publisher

खाडीमा घरेलु कामदार रोक्दा मानव तस्करी मौलायो,स्वेच्छा जानेलाई पुन:श्रम स्विकृती दिने व्यवस्था गर्नुपर्छ

   
180   पटक पढिएको

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दहालले घरेलु कामदार रोक्दा मानव तस्करी बढेको बताएका छन् ।

उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता समितिमा बुधबार भएको ‘घरेलु कामदारको रूपमा वैदेशिक रोजगारीमा जाने श्रमिकको विद्यमान अवस्था तथा समस्या’ विषयक छलफलमा बोल्दै सचिव दहालले घरेलु कामदारलाई श्रम स्वीकृति दिने प्रक्रिया रोकिँदा मानव तस्करीलाई प्रोत्साहन मिलेको बताए ।

‘भारतको बाटो हुँदै घरेलु कामदारका रूपमा खाडी जाने बढेका छन्’, उनले भने, ‘ भिजिट भिसामा यूएई जाने क्रम पनि बढेको छ ।’ तत्कालीन संसदीय समितिले २०७२ भदौदेखि घरेलु कामदारलाई श्रम स्वीकृति दिन रोक्न निर्देशन दिएसँगै सरकारले त्यसयता घरेलु कामदारलाई पठाउन बन्द गरेको छ । श्रम स्वीकृति रोकिँदा श्रमिक गैरकानुनी ढंगबाट वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

अवैधानिक बाटोबाट महिला घरेलु कामदारको रूपमा वैदेशिक रोजगारीमा गएसँगै त्यसले झन् शोषणमा परेको सरोकारवाला निकायले बताउँदै आएका छन् । सरकारले पहिलो चरणमा २०७२ अघि श्रम स्वीकृति पाएर विदामा अवसरमा घर आएकालाई पठाउन चाहेको छ ।

समितिले निर्देशन नदिँदा उक्त प्रक्रिया रोकिएको हो । श्रम मन्त्रालयले एक हजारभन्दा बढी महिला कामदार विदाका रूपमा आएर जान नपाएको भन्दै त्यस्ता कामदारको पक्षमा निर्णय गर्न साउन २० गते समितिलाई पत्राचार गरेको थियो । मन्त्रालयका अनुसार २०७२ अघि ३० हजार महिला घरेलु कामदारको रूपमा विभिन्न खाडी मुलुक गएका छन् ।

सचिव दहालले एक हजारभन्दा बढी महिलाले विदामा रूपमा आएको र पुनः रोजगारीमा जान चाहेको निवेदन दिएको भन्दै त्यस्ता महिला कामदारलाई खुला गर्नुपर्ने बताए । ‘आवश्यक कागजातका साथ तथा उनीहरू स्वयं सुरक्षित भएको घोषणा गर्नेलाई पुनः श्रम स्वीकृति दिन सकिन्छ’, उनले भने ।

समितिका सभापति बिमल श्रीप्रसाद बास्तवले बिदामा आएका महिला श्रमिकलाई पठाउन समिति पनि सकारात्मक भएको बताए । श्रममन्त्री तथा मन्त्रालयका अधिकारी, परराष्ट्र, गृहका प्रतिनिधि, राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानव अधिकार आयोगलगायत सरोकारवालासँग छिट्टै छलफल गरेर विदामा आएका श्रमिकलाई पुनः विदेश जान दिन सकिने बताए ।

नयाँका हकमा भने समिति र सरकारका प्रतिनिधिले स्थलगत अध्ययनपछि मात्रै निर्णय लिन सकिने बताए । छलफलका क्रममा अधिकांश सांसदले अध्ययनबिना घरेलु कामदार खोल्न नहुने धारणा राखेका थिए । थप अध्ययनपश्चात मात्रै सरोकारवाला निकायको रायमा निर्णय गर्न सकिने उनीहरूको धारणा थियो ।

सरकारले घरेलु कामदारलाई श्रम स्वीकृति दिन रोकिएसँगै अधिकांश घरेलु कामदार विदामा घर फर्किन पाएका छैनन् । केहीले परिवार भेट्न आफ्ना परिवारका सदस्यलाई उतै बोलाउने गरेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी