Arghakhanchi Bulletin : The Fastest News Publisher

लुम्बिनी समाज नेपाल कुवेतको चौंथो अधिवेशन सम्पन्न,अध्यक्षमा रमेश पाल्पाली

   
465   पटक पढिएको

कुवेत। लुम्बिनी समाज नेपाल कुवेतले चौंथो अधिवेशन गत शुक्रबार भव्यताका साथ सम्पन्न गरेको छ।

कार्यवाहक अध्यक्ष रमेश पाल्पालीको सभापतित्व र नेपाली राजदुतावासका महामहिम राजदुत दुर्गा प्रसाद भण्डारीको प्रमुख अातिथ्यमा अगाडी बढेको थियो भने सञ्चालन सोही समाजका अभियन्ता नवराज पन्थी तथा अशोक अोस्तीको स्वागत मनतव्यसँगै राष्ट्रिय गानको गुञ्जनपछी प्रमुख अतिथीले दिपप्रज्वलन गरी उद्घाटन गरिएको थियो।

कार्यक्रममा विभिन्न संघसंस्थाबाट उपस्थित अतिथीहरुले शुभकामना मनतव्य राख्नुभएको थियो,जसमा कुवेत नेपाली एकता समाजका महासचिव तथा अर्घाखाँची बुलेटिनका प्रतिनिधी खुम रायामाझी,दलित एकता सञ्जालका अध्यक्ष,सरोकार समाजका अध्यक्ष राम लामा,लुम्बिनी समाजका संरक्षक राजु कार्की,झविन्द्र वन्जाडे,एनअारएन कुवेतकी पुर्वअध्यक्ष सुमित्रा पौडेल,खोप गुरुङ,राम वस्नेत लगायतले शुभकामना मनतव्य राखेका थिए।

मनतव्य राख्ने क्रममा कुवेतमा बढ्दै गएको विद्यमान विकृत्ती र विसंगतीप्रति सजग रही अनुशासित समाजको निर्माणमा जुट्नु पर्ने कुरामा सबैले जोड दिएका थिए।

विशिष्ट अतिथीको समयमा एनआरएन कुवेतका अध्यक्ष सुजन केसीले मनतव्य राख्दै संसारका शान्तीका दुत गौतमबुद्धको पवित्र जन्मस्थल लुम्विनी नै भएको तर छिमेकी मुलुकले भ्रम फैलाएर भारतका केही ठाउँमा नक्कलीरुपमा बुद्धको जन्मस्थल निर्माण गरि नियोजितरुपमा अफवाह फैलाइरहेकोप्रति चिन्ता व्यक्त गरेका थिए।

त्यस्तै प्रमुख अतिथी महामहिम भण्डारीले पनि कुवेतमा रहुनुहुने सम्पुर्ण नेपालीहरुले यहाँको कानुनलाई सम्मान गर्दै समाजलाई पच्न नसक्ने गतिविधीहरु नगरिदिन र सकारात्मक संदेशको सचेतना फैलाउन अाग्रह गर्नुभएको थियो।

लुम्बिनी समाज गौतम बुद्धको जन्मस्थलसँग नाम जोडिएको भन्दै संस्थाले विगतमा गरेका कार्यहरुको प्रशंशा पनि गर्नुभएको थियो। कुवेतको समाजमा अतुल्लनिय योगदान पुराएको भन्दै संस्थाले संरक्षकहरु द्वेय राम बस्नेत र खोप गुरुङलाई उच्च मुल्यांकन गर्दै सम्मानपत्र र दोसल्ला अोढाएर सम्मान गरेको छ।त्यस्तै कार्यक्रमको विचमा लोकदोहोरी गायक वसन्त परियारको लोकभाकाबाट,कलाकार सावित्री गैरे र रिता ठकुरीले नृत्यबाट मनोरञ्जन दिएका थिए।

त्यस्तै उक्त संस्थाको नयाँ समिती चयन गर्न नवराज पराजुलीको संयोजक्त्वमा डोलराज न्यौपाने र एच.पी.खत्री सहितको निर्वाचन समितीले रमेश नेपाली(पाल्पाली) अध्यक्ष सहित २१ सदस्सिय कार्यसमिती सर्वसम्मत निर्वाचित भएको घोषणा सार्वजनिक गरेको थियो।

अन्त्यमा कार्यक्रमका सभापति रमेश पाल्पालीले कार्यक्रमलाई समापन गर्दै मनतव्य राख्ने क्रममा निवर्तमान अध्यक्ष र संरक्षक,सल्लाहकारहरुले संस्थाप्रति गर्नुभएको योगदानलाई खुलेरै प्रशंसा गरेका थिए। 

नवनिर्वाचित कार्यसमिती:

अभियन्ता: एच.पी.खत्री
अध्यक्ष: रमेश नेपाली (पाल्पाली)
प्रथम उपाध्यक्ष: नेत्र पेमी मगर
द्वितिय उपाध्यक्ष: सागर न्यौपाने
महिला उपाध्यक्ष:शान्ता भण्डारी
महासचिव: अशोक अोस्ती
सचिव:विष्णु प्रसाद पाण्डे
प्रवक्ता: दयानिधी काफ्ले
कोषाध्यक्ष: थम्मन रास्कोटी
सहकोषाध्यक्ष:सावित्रा गैरे

सदस्यहरु:

हरी गैरे
रमन नेपाली
बल बहादुर कुमाल
सुनिता परियार
जमुना गिरी
बसन्त परियार
हेमन्त बहादुर नगरकोटी
गोविन्द न्यौपाने
सन्तोष पुन
रिता ठकुरी
मित्र खत्री रहेकाछन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

कुवेत lनेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी