Arghakhanchi Bulletin : The Fastest News Publisher

भारतीय दूतावासकै अगाडि भारत विरोधी नाराजुलुस,राष्ट्रिय जनमोर्चा कश्मिरी जनताको पक्षमा

   
254   पटक पढिएको

 काठमाडौं।  भारतीय दूतावासकै अगाडि भारत विरोधी नाराजुलुस भएको छ । संविधानको धारा ३७० खारेज गरी काश्मिरी जनताको आत्मनिर्णयको अधिकार भारतले खोसेको विरोधमा नाराजुलुस भएको हो ।

राष्ट्रिय जनमोर्चाले आज युएन कार्यालय मार्फत संयुक्त राष्ट्रसङ्घलाई ज्ञापनपत्र समेत बुझाएको छ । भारतीय साम्राज्यवाद मुर्दावाद, कश्मीरी जनताको आत्मनिर्णयको अधिकार सुनिश्चित गर लगायतका नारा लगाउँदै रत्नपार्क देखि भारतीय दूतावास अगाडि सम्म विरोध र्‍याली निकालिएको हाे ।

अहिले लैनचाैरमा कोणसभा गरिएको थियो । भारतीय साम्राज्यवाद मुर्दावाद, कश्मीरी जनताको आत्मनिर्णयको अधिकार सुनिश्चित गर लगायतका नारा लगाउँदै रत्नपार्क देखि भारतीय दूतावास अगाडि सम्म विरोध र्‍याली निकालिएको थियो । र्‍याली पछिको सभालाई राजमोका अध्यक्ष चित्रबहादुर केसी, नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरी र राजमोका केन्द्रीय सदस्य मनोज भट्टले सम्बोधन गरेका थिए ।

कश्मिरमा ३७० नं. धाराअन्तर्गत दिइएको विशेष सम्वैधानिक व्यवस्थालाई समाप्त गरेर त्यसलाई केन्द्रशासित प्रदेश बनाउने भारतको सरकारको निर्णयलाई राष्ट्रिय जनमोर्चाले तीव्र शब्दमा विरोध गर्दै त्यसको भ्रत्सर्ना गर्दै अाएको छ। वास्तवमा सन् १९४८ को संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को प्रस्ताव र त्यसमा भारत र पाकिस्तानको सहमतिअनुसार त्यहाँ जनमत संग्रह गराएर कश्मिरका जनतालाई आत्मनिर्णयको अधिकार दिनु पर्दथ्यो तर त्यसो नगरेर भारतले विशेष संवैधानिक व्यवस्थाअन्तर्गत त्यसलाई भारतीय संघमा सामेल गर्‍यो ।

त्यसरी कश्मिरलाई सीमित रूपमा दिइएको विशेष अधिकारलाई पनि समाप्त गरेर त्यहाँ आफ्नो प्रत्यक्ष शासन कायम गरेको छ ।

बिज्ञप्ति

त्यो कार्य स्वयं भारतको आफ्नै संविधानको पनि विरुद्धको कार्य रहेको उल्लेख गर्दै अाज बृहत विरोध र्याली सहितको कोणसभा सम्पन्न गरेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

कुवेत lनेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी