Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

विप्लवका कार्यकर्ता भन्दै प्रहरीद्वारा पक्राउ गरिएका अखिल नेपाल युवक संघका नेता फुयाँल रिहा

   
1294   पटक पढिएको

खुम रायामाझी,अर्घाखाँची बुलेटिन-अखिल नेपाल युवक संघ केन्द्रिय सदस्य तथा १ न. प्रदेश सचिव शिव फुयाल लाई भदौ ०४ गते बिहान प्रहरीले पक्राउ गरेको थियो। नेपाल कम्युनिस्ट पार्टी(मसाल) निकट युवक संघले देशव्यापी रुपमा संचालन गरेको "जागौ युवा लागौ युवा" अभियानको क्रममा मोरङ्गको बेलबारी नगरपालिका स्थित बाहुनीमा पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय, बेलबारी का अनुसार उहाँ लाई नेकपा विप्लब निकट कार्यकर्ता भनि झुक्किएको बताएका छन्। अभियानको क्रममा प्रहरीद्वारा गिरफ्तार गरेको जानाकारी पाएपछी नेता शिव फुयाल लाई भेट गर्न राष्ट्रिय जनमोर्चाका नेता सुरेन्द्र भण्डारी, नेकपा (मसाल) प्रदेश प्रवक्ता योगेन्द्र ढकाल र युवक संघ १ न. प्रदेश अध्यक्ष आशिस जबेगु तत्काल इलाका प्रहरी कार्यालय: बेलबारी पुग्नु भएको थियो।

भेट पश्चात् अनावश्यक रुपमा बिना कुनै कारण जनता र पार्टी का नेता, कार्यकर्ता माथी दुख दिने कार्य प्रती घोर आपत्ति र भत्सर्ना गर्नु भएको थियो। पक्राउ पर्नु भएका शिव फुयाललाई प्रहरीले अहिले बिनाशर्त रिहाई गरेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया