Arghakhanchi Bulletin : The Fastest News Publisher

आफ्नै श्रीमानको हत्या गराउन साढे ४ लाखको सुपारी

   
592   पटक पढिएको

जनकपुरधाम । महोत्तरीकी एक महिलाले आफ्नै श्रीमानको हत्या गराउन पेशेवर अपराधीलाई साढे ४ लाख रुपैयाँ दिएको खुलेको छ ।

महोत्तरीको बर्दिबास नगरपालिका ३ गौरीडाँडाका ३६ बर्षीय सरोज भनिने श्रवण थापाको हत्याका लागि श्रीमती पूजाले पेशेवर अपराधीलाई साढे ४ लाख रुपैयाँ दिएको प्रहरीले पत्ता लगाएको हो । गत असार ३१ गते श्रवणको हत्या गरेको अवस्थामा बीपी राजमार्ग अन्तर्गत बर्दिबास नगरपालिका–३, मूर्तिपार्क नजिकै शव फेला परेको थियो ।

इलाका प्रहरी कार्यालय, बर्दिबासका प्रमुख डीएसपी निशान थापाले पूजाले श्रीमान्को हत्या गराउन पूजाले आफ्नी बहिनीमार्फत पेशेवर अपराधी बोलाएको खुलेको बताए । श्रवणको हत्या गर्नेहरुलाई पक्राउ गरी सार्वजनिक गर्न शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा महोत्तरीका प्रहरी प्रमुख उपरीक्षक श्यामकृष्ण अधिकारीले पूजाले नै श्रवणको हत्या गराएको खुलेको जानकारी दिए ।

पूजा पक्राउ परेपछि यसबारे थप खुल्ने प्रहरीको भनाइ छ । श्रवणको हत्यामा संलग्नको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । सर्लाहीको धनकौल गाउँपालिका ३ हरकटवाका २७ बर्षीय प्रमोद सिंह, वडा नम्बर २ का २७ बर्षीय मुकेश साह, रौतहटको गढीमाई नगरपालिका ६ बखरी टोलका ३३ बर्षीय श्रीनारायण महरा र ४६ बर्षीय टिआई सहनीलाई शुक्रबार सार्वजनिक गरिएको हो ।

गत असार ३१ गते श्रवणको हत्या गरेको अवस्थामा बीपी राजमार्ग अन्तर्गत बर्दिबास नगरपालिका–३, मूर्तिपार्क नजिकै शव फेला परेको थियो ।

रकमको कारण हत्या

फरार रहेकी पूजाको खोजी भइरहेको डीएसपी थापाले बताए । थापाका अनुसार श्रीमान्ले पूजालाई कुटपिट, गालीगलौज गर्ने गरेका कारण हत्या गराएका हुन् ।

यद्यपी रकमको बिषय पनि यससँग जोडिएको हुन सक्ने प्रहरीको आशंका छ । श्रवणको हत्या भएको केही दिनअघि श्रवणले आफ्नो जग्गा बिक्री गरेका थिए । उक्त रकम पूजाले आफ्नै साथमा राखेकी थिइन् । यो रकम श्रवणको हातमा नजाओस् भन्नका लागि पनि हत्या गरेको हुन सक्ने भन्दै प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

कुवेत lनेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी