Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

तिजमा माइत आउँदै गरेकी छोरीलाइ लिन बीच बाटोसम्म गएकी आमा खोलाले बगाउँदा गयाे ज्यान

   
665   पटक पढिएको

रामेछाप ।तिज मनाउन माइत आउँदै गरेकी छोरीलाई बीच बाटोसम्म लिन गएकी ५६ वर्षीया राधिकादेवी कार्कीको बुधबार साँझ खोलाले बगाउँदा ज्यान गएको छ ।

उमाकुण्ड गाउँपालिका वडा नम्बर ३ की ५६ वर्षीया राधिका कार्की सोलुखुम्बुको सगरडाँडाबाट माइत आउँदै गरेकी छोरीलाई बीच बाटोसम्म लिन जानु भएको थियो । लगातार वर्षाका कारण उहाँको घरभन्दा केही पर रहेको ठाडो खोलामा आएको बाढीले उहाँलाई बगाएको हो ।

छोरीले आमालाई पटक–पटक सम्पर्क गर्दा पनि सम्पर्क हुन नसकेपछि घरमा खबर गर्नु भएको थियो । घरपरिवारका सदस्यहरुले पनि राधिका घरमा नफर्किएको बताएपछि गाउँलेहरु मिलेर राधिकाको खोजीमा जुटेका थिए ।

बिहीबार बिहान राधिकाको शव झण्डै ६५ मिटर तल खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रविभूषण यादवले जानकारी दिनुभयो ।

घटनापछि मुचुल्का तयार गर्न जिल्ला प्रहरी कार्यालय रामेछापवाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ पठाइएको र शव पोस्र्टमर्टमका लागि छिमेकी जिल्ला दोलखाको जिरीतर्फ लगिने प्रहरीले जनाएको छ । उज्यालो अनलाइन बाट

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया