Arghakhanchi Bulletin : The Fastest News Publisher

अमेरिकाको मिसौरी राज्यमा कार दुर्घटना हुँदा एकै परिवारका ३ जना नेपालीको मृत्यु

   
245   पटक पढिएको

अमेरिका। अमेरिकाको मिसौरी राज्यमा टोयटा दुर्घटना हुँदा एकै परिवारका ३ जना नेपालीको ज्यान गएको छ ।

उक्त दुर्घटनामा परी अन्य २ जना घाईते भएका छन् । स्थानीय जोप्लिन प्रहरीका अनुसार निधनहुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन्। उनका बुबा-आमा अमेरिका घुम्न नेपालबाट आएका हुन्। कार चालक श्रद्धाका पति प्रभाश ओझा र उनीहरूका ४ वर्षीय छोरा अस्पतालमा छन्।

प्रभाशको अवस्था स्थिर छ भने बालिका अवस्था चिन्ताजनक छ। प्रहरीले दिएकाे विवरण अनुसार टोयोटा आरएभी- ४ माेडलकाे आफ्नै कार हाँकेर चालक प्रभाश परिवारजनलाई लिएर मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्वतर्फ गइरहेका थिए । राताे लाइट बलेकाले उनले कार राेकिराखेका थिए तर पछाडिबाट आएकाे टोयोटाकै पिकअप ट्रकले साे कारद्याई ठक्कर दिँदा दुर्घटनाग्रस्त हुन पुग्याे ।

श्रद्धा र प्रभाश अगाडी सिटमा थिए, अरू पछाडीको सिटमा। गोविन्दलाई घटनास्थलमा, तथा श्रद्धा र आमा शान्तालाई अस्पताल मृ त घोषित गरिएको थियो। ओझाको परिवार स्थानीय ब्ल्यु स्प्रिङ्समा बस्दै आएको छ। पछाडीबाट ठोक्काउने गाडीको चालकको नाम सार्वजनिक गरिएको छैन्।श्रोत मनासलु खबर 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी