Arghakhanchi Bulletin : The Fastest News Publisher

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

   
403   पटक पढिएको

नेत्र मरासिनी,सन्धिखर्क।
भदौ १९,अर्घाखाँचीबुलेटिन -सबेरै उठी घरको काम सकेर हतार हतार माईत जान तरखर गर्दैगर्दा झमझम झरी पर्दा कसको मन नकुँडेला ? नेपाली नारीहरुको महान चाड हरितालीका तिज मनाउन माइत जान मन लाग्छ तर नौडाँडा पारीको माईतीघर,भदौरे झरीले कैयौं चेलीको रहर रहरमै सिमीत बन्दथ्यो ।

भदौरे गाभा र तामाको स्वाद संगै आमाको स्नेही हातले पकाएको तिजको दर अगेनाको डिलमै राखी छोरी आउने बाटो हेर्दै बस्ने धेरै आमाका आशाहरु भदौरे झरीसंगै पखालीन्थे । बर्षभरी पराईघरको बुहार्तन सहेर बेदनाको पोको फुकाउन तिजमा माइतीघर जान खोज्ने चेलीको मुहारमा अधिकांश कालो बादल मडारीन्थ्यो । एकाबिहानै झिस्मीसे देखी संसाझ सम्म लर्कदै र मर्कदै बल्लतल्ल माइतीघरको आँगन सम्म पुगीन्थ्यो ।

यो समग्र अर्घाखाँची जिल्लाकै यथार्थ थियो । पहाडी भुभागले ढाकेको अर्घाखाँची जिल्ला त्यसमा पनि समग्र विकासका हिसावले पछिपरेको दक्षिणखाँची,भौगोलीक कठिनायी,न्युन जनघनत्व र ठुलो भुगोलको प्रतिनिधीत्व गर्ने शितगंगाको विकासको कुरा सामान्य रहेन । जिल्लाको नेतृत्व र कर्मचारीतन्त्रको दृष्टिकोणमा पराईजस्तै बनेको यो क्षेत्रको विकासमा सबैको कमैमात्र ध्यान पुगेको होला ।

विगतमा क्षणिक विकासको लक्ष लिइएको यस जिल्लामा बढिमा सात महिने विकास पद्धति अंगालीएको पाइन्छ । जसमा तीन महिने बर्षाले जिउको तीउ गराउदथ्यो भन्दा फरक नपर्ला । विगतमा दिगो विकासको अवधारणालाई अंगाल्न नसकेको यो जिल्लाले स्थानीय तहको नेतृत्व पाए संगै सबैको मुहारमा आशाका मुनाहरु पलाउन थालेका छन् ।

सडक सञ्जालले जेलीएको जिल्लाको किल्ला लगाउन सफल यो जिल्लाले स्थानीय तहमा नेतृत्व पाएसंगै जिल्लावासीमा केही खुसी पलाएको पाइन्छ । जिल्ला भित्र मुख्य सडक गाहृो साहृो वाहृै महिना चल्न थालेका छन् । चाडवाड मनाउन ओहोर दोहोर गर्ने हुन् या आम सर्बसाधारण सडककै कारण आफ्ना पाइलाहरु रोक्न वाध्यहुन परेको छैन । यसलाइ पनी छोटो समयमा ठुलो उपलब्धि ठान्नुपर्दछ ।

स्थानियतहमा स्थानिय नेतृत्वको सरकारको अनुभुती गरीव र निमुखा जनताले गर्न पाउनु सकारात्मक पक्ष हो । यति भनीरहदा जनताको नामको विकासलाई आफ्नै खल्तीको जस्तै गरी चाट्न पल्केका केही ब्रहमचारीहरु र जनताको विकासको जिम्मा लिदै हिड्ने केहि भुडिवालहरुको चंगुल देखी बच्न भने नेतृत्वकर्तालाइ चुनौतीनै देखिन्छ ।

सकारात्मक सोच र व्यवाहार नेतृत्वकर्तामा हुनेहो भने पक्कैपनि त्यसको प्रभाव विकासका चरणहरुमा पर्न जान्छ । आफुलाइ जनताका शासक ठान्ने प्रवृति त्यागेर काम र कर्तव्यप्रति उत्तरदायि बन्नुमा महानता सम्झनुपर्दछ । जेहोस् विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गर्दै अगाडि बढ्नेहो भने अर्घाखाँची जिल्लाका सबै स्थानिय सरकार सफल हुनेछन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

कुवेत lनेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी