Arghakhanchi Bulletin : The Fastest News Publisher

विश्वकप छनौट फुटबल खेलमा नेपालको कुवेतसँग लज्जास्पद हार

   
268   पटक पढिएको

कुवेत। फिफा विश्वकपका लागि दोस्रो चरणको छनोटको पहिलो खेलमा कुवेतसँग नेपाल पराजित भएको छ । शनिबार भएको खेलमा नेपाल कुवेतसँग ७-० गोल अन्तरले पराजित भएको हो ।

कुवेतको जविर अल अहमेद इन्टरनेश्‍नल मैदानमा भएको खेलको पहिलो हाफमा २–० गोलले पछि परेको नेपालले दोस्रो हाफमा थप पाँच गोल खाएको हो । कुवेतका लागि युसेफ नासिरले खेलको छैटौं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका हुन् ।

त्यस्तै खेलको १३ औँ मिनेटमा फहाद अल हजेरीले गोल गर्दै कुवेतको अग्रता दोब्बर पारे । खेलको ५० औँ मिनेटमा नासिरले व्यत्तिगत दोस्रो गोल गर्दै कुवेतलाई ३–० गोलको अग्रता दिलाए । कुवेतका लागि अब्दुल्हा मोहीले खेलको ५९ औँ मिनेटमा गोल गर्दै कुवेतलाई जिततर्फ अगाडी बढाए ।

खेलमा बडेर अल मुतवाले ६७ औँ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई ५–० को अग्रता दिलाए । निकै नै आक्रमक भएको कुवेतका लागि खेलको इन्ज्यूरी समयमा रेड हनीले गोल गर्दै कुवेतलाई ६–० को अग्रता दिलाए । हुसेन अल मुसावीले गोल गर्दै ७–० गोलको सहज जित दिलाए ।

कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपका लागि दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गरेको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

कुवेत lनेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी