Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

दुई दिनदेखि हराईरहेकी बालिका मृत फेला

   
637   पटक पढिएको

काठमाडौं। दुई दिनदेखि हराईरहेकी बालिका मृत फेला परेकी छन् ।

भरतपुर महानगरपालिका वडा नम्वर ५ कैलाशनगरबाट भदौ १९ गतेदेखि हराईरहेकी ६ वर्षिया स्मृति कार्की घर नजिकैको नहरमा मृत भेटिएकी हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनी घरबाटै हराएकी थिईन ।

उनी शनिबार बिहान घर नजिकै रहेको नहरमा फेला परेकी थिईन । उनलाई उपचारका लागि भरतपुर अस्पताल ल्याईएको भए पनि अस्पतालले मृत घोषणा गरेको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । परिवारले बालिकाको हत्या भएको भन्दै प्रहरीमा जाहेरी दर्ता गराएको छ ।साभार नारायणी अनलाइन 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया