Arghakhanchi Bulletin : The Fastest News Publisher

भोजपुरको आमचोक गाउँपालिकामा बहुविवाह गर्ने जेल चलान

   
191   पटक पढिएको

भोजपुर । दोस्रो विवाह गर्ने आमचोक गाउँपालिका–९ दुम्मानाका ३१ वर्षीय जितबहादुर श्रेष्ठलाई जिल्ला अदालत भोजपुरले एक वर्ष ६ महिना कैद र १० हजार जरिबानाको फैसला गरेको छ ।

अदालतले श्रेष्ठसँग विवाह गरेकी कान्छी श्रीमती ३१ वर्षीया रत्नमाया श्रेष्ठलाई १ वर्ष कैद र १० हजार जरिबाना फैसला गरेको छ । त्यस्तै अदालतले पीडकहरुबाट पीडितलाई ५ हजार क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालत भोजपुरले जनाएको छ ।

जिल्ला न्यायाधीश खिलनाथ रेग्मीको इजलासले उनीहरुलाई कैद, जरिवाना र क्षतिपूर्तिको फैसला गरेको हो । श्रेष्ठको जेठी श्रीमती पूर्णमाया श्रेष्ठले श्रीमानले कान्छी श्रीमती ल्याएको भन्दै प्रहरीमा उजुरी दिएपछि उनीहरुलाई गएको जेठ १९ गते प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरुलाई मुलुकी अपराध संहिताको दफा १ सय ७५ को उपदफा १ र २ बमोजिम बहुविवाहको कसुर ठहरिएकोले कैद, जरिबाना र क्षतिपूर्तिको फैसला गरेको हो । उज्यालो अनलाइन

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

कुवेत lनेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी