Arghakhanchi Bulletin : The Fastest News Publisher

मलेसिया लगायत ४२ देशमा कार्यरत घरेलु कामदारहरुलाई पुन:श्रमस्विकृत्ति दिन शुरु

   
485   पटक पढिएको

अर्घाखाँचीबुलेटिन -वैदेशिक रोजगार विभागले खाडी तथा मलेसियासहितका ४२ देशमा कार्यरत घरेलु कामदारलाई शुक्रबारदेखि पुनः श्रमस्वीकृति दिन थालेको छ ।

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले श्रमस्वीकृति नरोक्न श्रम मन्त्रालयलाई निर्देशन दिएपछि विभागले कार्यान्वयनमा ल्याएको हो । यसबाट खाडी तथा मलेसियामा कार्यरत झन्डै १ लाख ३९ हजार घरेलु कामदार स्वदेश फिर्ने बाटो खुलेको छ ।

विभागले २०७३ चैत २३ देखि घरेलु कामदारलाई पुनः श्रमस्वीकृति दिन रोकेको थियो । विभागका सूचना अधिकारी भोलानाथ गुरागार्इंले काठमाडौं, जनकपुर, विराटनगर, बुटवल र पोखरास्थित श्रम कार्यालयबाट पुनः श्रमस्वीकृति दिन थालिएको बताए ।

यसका लागि कार्यरत देशका नेपाली दूतावासको सिफारिस भने अनिवार्य रहेको उनले जानकारी दिए । विभागबाट श्रमस्वीकृति लिई रोजगारीमा गएका घरेलु कामदारको करार सम्झौताबमोजिम अवधि बाँकी देखिए, भिसाको अवधि बाँकी भए, कल्याणकारी कोष र बिमा भए पुनः श्रमस्वीकृति दिइनेछ ।

यसअघि श्रमस्वीकृति नलिई गएको र रोजगारदाता परिवर्तन भएको अवस्थामा रोजगारदाता र कामदारबीचको करारपत्र चहिने विभागको भनाइ छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

कुवेत lनेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी