Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँचीमा पछिल्लो समयमा भाइरल ज्वरोका बिरामी बढे

   
623   पटक पढिएको

प्रेमनारायण आचार्य ,सन्धिखर्क ।
भदौ २३ ,अर्घाखाँचीबुलेटिन - अर्घाखाँचीमा पछिल्लो समयमा भाइरल ज्वरोका बिरामी बढेको छन्। विरामीको संख्या बढेकै कारण जिल्लाका सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको छ।

जिल्ला अस्पतालको ओपीडीमा अहिले दैनिक रुपमा २०० भन्दा बढी र इमरजेन्सीमा दैनिक १०० जनाको हाराहारीमा भाइरलका बिरामीहरू अस्पतालमा आउने गरेको जिल्ला अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले बताए। अरु बेला दैनिक ओपीडी र इमरजेन्सीमा ५०देखि ८० जना बिरामी उपचारका लागि आउने गरेको थिए। तर, अहिले यो संख्यामा चार गुणाले बढेको हो।

१५ सैयाको जिल्ला अस्पतालमा भुइमा र बेन्चमा गरी ४५ जना बिरामी भर्ना भएको उनले जानकारी दिए। जिल्ला अस्पताल सँगै प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र गाउँगाउँमा रहेका निजी क्लिनिकमा समेत भाइरल ज्वरोका बिरामी आइरहेका छन्।

जिल्ला अस्पतालमा आउने बिरामी मध्ये करिब ७० प्रतिशत बिरामी भाइरल जवरोका रहेको जिल्ला अस्पतालका डाक्टर कपिल गौतमले बताए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

चीनको चमत्कार: बिहान बनाउन सुरु गरिएको हस्पिटल बेलुका निर्माण कार्य सम्पन्न

काठमाडौं। चीनको चमत्कार: बिहान बनाउन सुरु गरिएको हस्पिटल बेलुका निर्माण कार्य सम्पन्न