Arghakhanchi Bulletin : The Fastest News Publisher

बागलुङमा अखिल(छैठौं) जुर्मुराउँदै,संगठन विस्तारमा तुफानी तिव्रता

   
187   पटक पढिएको

एलिना बिश्वकर्मा,बागलुङ। आगामी असोज महिनाको ३र ४ गते वागलुङ बजारमा हुने अखिल (छैठौं) बागलुङको भेला को तयारी तिब्र रुपमा अगाडि बढेको अखिल छैठौं बागलुङले जनाएको छ ।

सोही सिलसिलामा सोमवार सिवालय मा वी ढोरपाटन ५ सैखोलामा बिधार्थी भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथिको रुपमा बोल्दै युनियन का जिल्ला अध्यक्ष इन्द्रमणी पाण्डे सिवालय मा वि मा सधै अखिल छैठौं गठन हुने तर प्रभाबकारी रुपमा अखिल छैठौं को गतिविधि नहुनु आफैंमा दुखद भएपनी अब ब्यबस्थित रुपमा काम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

थप बोल्दै पाण्डेले अखिल (छैठौं) सधै देश र जनताको तथा बिधार्थी हकहितको पक्षमा लडिरहने कहिले हिमाल पहाड तराई जोडौ अभियान त कहिले लागूऔषध बिरुद्ध सचेतना अभियान हरुको साथमा आफ्नो स्वणिर्म इतिहास निर्माण गरेको र अब सैखोला बाट थप नयाँ अभियानको सुरुवात हुनेमा विश्वास ब्यक्त गर्नुभयो ।

युनियनका जिल्ला सदस्य दिपेन्द्र पौडेल को अध्यक्षतामा भएको कार्यक्रमले एलिना श्रिपालीको अध्यक्षतामा ५७  सदस्सीय अखिल छैठौं सिवालय मा वी मुल इकाई समिति गठन गरिएको छ भने १५सदस्सीय सचिवालय समिति गठन गरिएको छ ।समितिको उपाध्यक्ष सचिब सहसचिव र कोषाध्यक्षमा कम्रश कल्पना नेपाली, कमला क्षेत्री,गेण्डर भण्डारी, करुणा छन्त्याल लगायत अन्य सदस्य रहनुभएको छ ।

सुरज परियारको अध्यक्षतामा कक्षा ९र१० तथा देविकला वि क को अध्यक्षतामा कक्षा ११र१२ मा सह ईकाई समिति गठन गरिएको छ । भने कार्यक्रममा अखिल नेपाल शिक्षक संघ ढोरपाटन नगरपालिकाका सचिब नन्दराम गौतमले नवनिर्बाचित समितिलाई बधाई दिनु भएको थियो ।

साथै स्वागत एलिना बि सी सन्चालन अखिल छैठौं बागलुङका सदस्य नबराज पौडेलले गर्नुभएको थियो। अभियान निरन्तर चलिराख्ने छैठौँले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी