Arghakhanchi Bulletin : The Fastest News Publisher

सरकारको कार्य शैलीले भ्रष्टाचार मौलायाे प्रदेश सांसद -जिसी

   
398   पटक पढिएको

टेकराज भुसाल (टेकु) बुटवल।
भाद्र २४ ,अर्घाखाँचीबुलेटिन -प्रदेश सभाकी सांसद तारा जिसीले प्रदेश सभाको विशेष समयमा बोल्दै सरकारको रेखदेखमा भ्रष्टाचार मौलाएकाे ठोकुवा गर्नुभयो। मच्छि-नारीकोट-गुल्मी जोड्ने सडकमा प्रदेश सरकारले बजेट बिनियोजन गरेको थियो।

आधा काम पनि नगरी बजेट निकासा दिएको,स्थानीय जनताको गुनासो अनसुना गरि आफु खुसी काम बिचैमा छाडि फर्केको उक्त समस्या प्रदेश सभामा आए पछि माननीय मन्त्री ज्यू,सचिव समेतले संज्ञानमा लिएर तत्काल भौतिक पूर्वाधार प्युठान लाई निर्देशन दिदा पनि काम पूरा नगरेको र निकासा सबै लिएको तथ्यले सरकार कति निरीह छ स्पष्ट भएको वताउनु भयो।

भ्रष्टाचारमा शुन्य सहनसिलताको दावा गरेर नथाक्ने यो सरकार आफै विनियोजन गरेको योजनामा रमिते किन वन्यो?कतै अाफ्नै मान्छेले ठेक्का लिएकाले वा भ्रष्टाचारको तार माथि सम्म जाेडिएकाले केही गर्न नसक्ने अवस्था रह्यो। कि अनियमितता गर्नेहरू सरकार भन्दा वलिया छन्?त्यस्तो केही हैन भने यस्ता ठेकेदार र कर्मचारीहरूलाई कानुनको दायरा भित्र सरकारले किन ल्याउन सक्दैन?सम्मानित सदनमा स्पष्ट गर्न माग गर्नुभयो।

पटकपटक ध्यानाकर्षण गराउँदा पनि प्रदेशमा ओभरलोड सवारी साधनको समस्या जस्ताको त्यस्तै छ,पहाडी जिल्लाहरूमा पैसाको लालचमा जन्ताको जिन्दगीसित खेलवाड गर्ने काम राेकिएको छैन । सरकार र सम्बन्धित निकाय रमिते बन्नु आश्चर्यजनक रहेको बताउँदै दुर्घटना पछि होइन समयमै ध्यान दिई रोक्न आग्रह गर्नुभयो।

विशेष समयमा सांसदहरू वसन्त घर्ती मगर,उषा थरूनी,सन्तोष पाण्डे लगायतले विभिन्न विषय उठाउनु भएको थियो।त्यस पछि प्रदेश सभामा साँसदहरूको सेवा सुविधा सम्बन्धि विधेयक छलफलको लागि टेबल गरिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी