Arghakhanchi Bulletin : The Fastest News Publisher

एसीसी अन्डर १९ एसिया कप : नेपालले युएईलाइ दियो जीतको लागि २ सय ८६ रनको लक्ष्य

   
212   पटक पढिएको

काठमाडौँ । श्रीलंकामा जारी एसीसी अन्डर १९ एसिया कप क्रिकेटको तेस्रो खेलमा नेपालले युएईसामु जीतका लागि २ सय ८६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ८५ रन बनाएको हो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ६७ रनको योगदान दिए । उनले यसक्रममा ८ चौका र १ छक्का हिर्काए । नेपालका दुवै ओपनर शुन्य रन बनाएर पभोलियन फर्केपछि उनले आशिफ शेखसँग ७१ रनको महत्त्वपूर्ण साझेदारी गर्दै नेपालको इनिङलाई सम्हाले ।

शेखले ५४ बलमा आठ चौकाको मद्दतले ४५ रनको योगदान दिए । खेलको अन्त्यतिर विस्फोटक ब्याटिङ गर्दै कमलसिंह ऐरीले नेपाललाई विशाल स्कोरतर्फ डोर्याए । उनले मात्र २५ बलमा ४१ रन बनाउँदा ५ चौका र २ छक्का हिर्काए । उनले रसिद खानसँग ७० रनको योगदान गरे ।

खानले ४४ रन बनाए । त्यस्तै, सन्दीप जोराले ४८ रनको महत्त्वपूर्ण योगदान दिए । उनले कप्तान पौडेलसँग मध्यक्रममा ८५ रनको साझेदारी गरे । समूह बीमा रहेको यसअघि बंगलादेश र श्रीलंकासँग पराजित भएको नेपाल प्रतियोगिताबाट बाहिरीसकेको छ । युएईले पनि अहिलेसम्म एक खेल जित्न सकेको छैन ।साभार रातो पाटि बाट

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

कुवेत lनेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी