Arghakhanchi Bulletin : The Fastest News Publisher

इजरायलमा नेपाली केयर गिभरको असामयिक निधन

   
314   पटक पढिएको

तेलअविव । इजरायल स्थित जेरुशलम शहरमा कार्यरत नेपाली केयर गिभर पोखरा निवासी नन्द राना मगरको असामयिक निधन भएको छ ।

निजलाई घर नजिकै पर्ने क्लिनिक (उपचार केन्द्र) जाने बाटोमा इजरायली प्रहरीले सेप्टेम्बर ११ तारिख राती फेला परेको र सिसिटिभीबाट अनुसन्धान गर्दा आफै ढलेको / लडेको देखिएको जानकारी नेपाली दुतावास इजरायलबाट आफुहरुलाई प्राप्त भएको नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष तारा काउच मगरले  बताउनु भएको छ ।

नेपाल मगर संघ इजरायलकी अध्यक्ष लिला थापाको अनुसार निज मृतक बल्ड प्रेसरको बिरामी रहेको र अचानक प्रेसर बढेकोले उपचार गर्न घर नजिकैको क्लिनिकमा उपचार गर्न जाँदा ढलेर / लडेर मृत्यु भएको हुनसक्ने बताउनु भयो । मृतक नेपाल मगर संघ इजरायलको संगठन विभागको सदस्य रहेको पनि थापाले बताउनु भएको छ ।

नेपाली दुतावास इजरायल मार्फत मृतकको पार्थिक शरीरलाई नेपालमा पठाउन आफ़न्तिलाई सम्पर्क गर्दै गरेको दुतावास श्रोतले बताएको जानकारी समेत लिला थापाले जानकारीदिनु भएको छ ।साभार तामांग अनलाइन वाट

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

कुवेत lनेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी