Arghakhanchi Bulletin : The Fastest News Publisher

ओमन नेपाली एकता समाजले गर्यो अलपत्र दुइजना पिडित नेपाली मजदुरहरुको उद्वार

   
343   पटक पढिएको

ओमन। विगत १५ महिना देखी नै अवैध बनेका वामीटक्सार ९ गुल्मी निवासी प्रेम बहादुर कुमार र सोहि ठेगानाका कृष्ण कुमाल आज बिहान स्वदेश फर्किएका छन ।

२०१६ जुन १७ का दिन ओमान आयका द्वेय कुमाल आफु कार्यरत कम्पनी अल सादा रेस्टुरेण्टले भिसा सकिएको १५ महिना सम्म पनि पुनः भिसा नथपेकोले स्वदेश फर्कन समस्या परेको थियो । पहिले पहिले अर्को महिना पछि भिसा थपेर घरमा पठाउने भनि आश्वासन दिएकोले त्यही आश्वासन कुरेर बस्दा लामो समय सम्म भिसा बिहिन बस्नु परेको हो ।

पछिल्लो समय काम गरेको पारिश्रमिक रोकेकोले उनिहरु ओमान नेपाली एकता समाजलाई उद्वारको लागी अनुरोध गरेका थिए । एकता समाजलाई अनुरोध गरे पश्चात सक्रिय भएका ओमान नेपाली एकता समाजका प्रतिनिधिले अलसाधा रेस्टुरेन्टका मालिकलाई फोन गरी पिडितहरुको बाँकी पारिश्रमिक दिन र आवश्यक प्रक्रिया पुरा गरी स्वदेश फर्काउन अनुरोध गरेका थिए।एक महिनाको समय मागेर पिडितलाइ पारिश्रमिक दिइ स्वदेश फर्काउने आश्वासन दिए पनि उनले मागेको समयमा पिडितहरुलाइ उल्टै स्वदेश फिर्ता पठाउनुको साटो डर धम्की दिएका थिए।

त्यसरी पिडितहरुलाइ स्वदेश नफर्काइएकाले ओमान नेपाली एकता समाजले नेपाली राजदुतावाससँग समन्वय गरि पिडितहरु द्वारा स्थानिय श्रम अदालतमा मुद्दा दर्ता गरिएको थियो। पिडितहरुले मुद्दा दर्ता गरे लगत्तै फेरि आश्वासन दिदै मुद्दा फिर्ता लिन अनुरोध गरिरहेको थियो।

अन्त्यमा पिडितहरुले पाउनुपर्ने पारिश्रमिक र घर फिर्ती टिकट दिएर आवश्यक कानुनी प्रक्रिया पुरा गरेर घर पठाउन ग्यारेन्टी गरेपछि मात्रै मुद्दा फिर्ता लिने अडान राखिरहेका थिए त्यसैले पिडितहरुलाइ पाउनु पर्ने पारश्रमिक र घर फिर्ती टिकट दिइ आवश्यक कानुनी प्रक्रिया पुरा गरि स्वदेश पठाइएको कुरा संगठनका अध्यक्ष छविलाल वस्नेतले जानाकारी दिनुभएकोछ।

त्यस्तै वहाँले भन्नुभयो:पीडितबारे हामीहरुलाई सुचना गरी अहोरात्र खटेर सहयोग गर्नुहुने सम्पुर्णलाई ओमान नेपाली एकता समाज हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

कुवेत lनेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी