Arghakhanchi Bulletin : The Fastest News Publisher

मौसम बिग्रिएपछि काठमाडौंमा विमान अवतरण रोकियो

   
292   पटक पढिएको

काठमाडौं । लगातारको वर्षाले मौसम बिग्रिएपछि काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण बन्द भएको छ ।

अवतरण गर्नुपर्ने जहाजलाई भिजिविलिटी नै नपुग्ने अवस्था आएपछि आन्तरिक र बाह्य उडानका सबै जहाजको अवतरण बन्द भएको त्रिभुवन विमानस्थलका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए । विमानस्थलबाट हुने उडान भने रोकिएको छैन ।

अवतरण बन्द भएपछि दिल्लीबाट आएका नेपाल एयरलाइन्स र इण्डिगोले आकाशमै फन्को लगाइरहेको छन् । आन्तरिक उडानका जहाजहरु पनि होल्डमै रहेका छन् । कम्पनीहरुका अनुसार मंगलबार निर्धारित अधिकांश आन्तरिक उडान रद्द र डिले भएका छन् ।

काठमाडौंमा अविरल वर्षातले हवाई सेवा प्रभावित भएको हो । त्रिभुवन विमानस्थलबाट दैनिक ७० भन्दा बढी अन्तर्राष्ट्रिय र ३ सय हाराहारी आन्तरिक उडान–अवतरण हुन्छन् ।श्रोत अनलाइन खबर

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

कुवेत lनेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी