Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँचीको नुवाकोट चिउरामाटिका एक युवकको मोटरसाइकल दुर्घटनामा परि मलेसियामा मृत्यु

   
3743   पटक पढिएको

अर्घाखाँचीबुलेटिन संवाददाता। अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका साविकको ४ हाल नुवाकोट चिउरामाटि वडा नम्बर -८ का एक युवकको मोटरसाइकल दुर्घटनामा परि मलेसियामा मृत्यु भएको छ।

बिगत ३ बर्ष अघि देखि मलेसियाको एक शहरमा कार्यरत रहेका नुवाकोट चिउरामाटि - ८ का २२ बर्षिय गोपाल बिश्वकर्माको यहि गत मिति २०७६ साल भदौ ३० गते सोमबारको दिन मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको जानकारी आएको छ ।

मृत्यु हुने गोपालले आफैले मोटरसाइकल चलाएको बुझिएको छ। उनका साथमा हेटौडाका अर्का साथि पनि मोटरसाइकलको पछाडी सवार थिए उनको मलेसियाको एक अस्पतालमा उपचार भइरहेको ,घाइतेको अवस्था चिन्ताजनक रहेको खबर प्राप्त भएको छ ।

मोटरसाइकल तिब्र गतिमा भएको कारण अनियन्त्रित भइ दुर्घटना हुन् पुगेको प्रहरीको अनुमान रहेको छ ,मृतक गोपाल अविवाहित रहेको बुझिएको छ ।मृतकको शवलाइ कानुनि प्रक्रिया पुरा गरि नेपाल ल्याउने कार्य अघाडी बढाईएको निजका आफन्तले जानकारी दिएका छन।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया