Arghakhanchi Bulletin : The Fastest News Publisher

अखिल (छैठौं) बागलुङको जिल्ला भेला सम्पन्न, अध्यक्षमा पाण्डे निर्वाचित

   
215   पटक पढिएको

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन (छैठौं) जिल्ला समिती बागलुङको अध्यक्षमा ढोरपाटन नगरपालिकाका इन्द्रमणी पाण्डे निर्वाचित भएका छन्। कक्षा ६ मा पढ्दै गर्दा (छैठौं)को इकाई अध्यक्षबाट राजनिति शुरु गरेका पाण्डे लामो समय देखि (छैठौ )को राजनीतिमा सक्रिय छन् ।

सर्वसुलभ र जनवादी शिक्षा प्राप्तीको लागि हाम्रो आन्दोलन,महङी भष्ट्रचार र संघियता विरुद्धमा प्रथम जिल्ला भेला भन्ने मुल नाराका साथ दुई दिन सम्म चलेको (छैठौ)को जिल्ला भेलाको उद्घाटन युनियनका केन्द्रिय अध्यक्ष विमल पोखरेलले मैनबत्ती बालेर गर्नुभएको थियो भने कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सचिव भिमलाल पोखरेल, जिल्ला सल्लाहकार गौरीश्वर पाण्डे, युवक संघका केन्द्रीय कोषाध्यक्ष भिमसेन बन, जिल्ला अध्यक्ष जुनबिक्रम शाही, शिक्षक संघका जिल्ला उपाध्यक्ष दुर्गा बहादुर भण्डारी लगायतका शुभकामना मनतव्य राख्नु भएको थियो ।

युनियनका पुर्व अध्यक्ष राजेन्द्र ढुंगाना, राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सल्लाहकार गौरीश्वर पाण्डे तथा युनियनका अध्यक्ष विमल पोखरेल लगायतका अतिथिले शिक्षा राजनीती र अन्य समसामयिक बिषयमा प्रशिक्षण पनि दिनुभएको थियो । कृष्ण चोखाल, बिमा जोल्मी र पुनम गौतम रहेको तिन सदस्यीय अध्यक्षमण्डलबाट सुरु भएको बन्दसत्र कार्यक्रममा अध्यक्ष पाण्डेद्वारा प्रस्तुत साङ्गठनिक तथा आर्थिक प्रतिवेदन तथा सदस्य दिपेन्द्र पौडेलद्वारा प्रस्तुत विशेष प्रस्ताव सर्वसम्मतले पारित गरेको थियो ।

भेलाले ११पुर्ण२बैकल्पिक २ सल्लाहकार गरी १३ सदस्यीय जिल्ला समिती निर्वाचित गरेको हो। अध्यक्षमा पाण्डे सँगै उपाध्यक्ष सचिव,सहसचिव र कोषाध्यक्षमा क्रमश: नवराज पौडेल,दिपेन्द्र पौडेल,सिता सापकोटा र हिरा दर्लामी रहनुभएको भएको छ । अन्य सदस्य हरुमा बिमा कुमारी जोल्मी, मोहन चन्द्र, गणेश सापकोटा, कर्ण नेपाली प्रकाश थापा, विवश छन्त्याल, बैकल्पिक सदस्यीय गोपाल सुबेदी निर्मल कुमार वि.क.सल्लाहकारमा विमल खरेल र कृष्ण चोखाल रहनुभएको छ ।

मोहन चन्द्र को अध्यक्षतामा सुरु भएको समापन कार्यक्रममा गौरीश्वर पाण्डे भिमलाल पोखरेल बिमल पोखरेल लगायतका बक्ताले बधाई तथा शुभकामना दिनु भएको थियो भने नवनिर्बाचित समितिको तर्फबाट अध्यक्ष इन्द्रमणी पाण्डेले प्रतिबद्धता मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

कुवेत lनेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी