Arghakhanchi Bulletin : The Fastest News Publisher

एक हजार रुपैयाँ घुस लिएको आरोप : मालपोतका कर्मचारीले गरे आत्महत्या

   
458   पटक पढिएको

भक्तपुर। घुस काण्डमा परेका केही कर्मचारीहरुले आत्महत्या गर्न थालेका छन् । एकजनाले त अख्तियार दुूरुपयोग अनुसन्धान आयोगका आयुक्तको नाममा पत्र लेखेर जीवन त्यागेका छन् ।

अख्तियारले नियन्त्रणमा लिएर छुटेका तीन जनाले यो भन्दा अगाडी आत्महत्या गरेका छन् । सोही क्रममा सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५ कटुन्जेमा पनि एक जना कर्मचारीले आत्महत्या गरेका छन् । कंलकीस्थित मालपोत कार्यालयमा खरिदार पदमा कार्यरत रामहरि सुवेदीले आत्महत्या गरेका हुन् ।

सुवेदीको पुरानो घर सुनसरी इनरुवा नगरपालिका–५ घर भएपनि पछिल्लो केही वर्षदेखि कटुन्जेमा बस्दै आएका थिए । सोमबार दिउँसो करिब २ : ३० तिर ४७ वर्षीय सुवेदीले कटुञ्जेस्थित आफ्नै घरको भ¥याङ्गमा झुण्डिएर आत्महत्या गरे । कलंकी मालपोत कार्यालयमा रहँदा गएको असार महिनामा एक हजार रुपैयाँ लिँदै गरेको सीसी क्यामेराको दृश्यमा कैद भएको स्रोतको भनाई छ ।

छानबिनको क्रममा अख्तियारले उनलाई साउन २२ गते पक्राउ गरेको थियो । अख्तियारले पक्राउ गरी ४२ दिन थुनामा बसेर भदौ ३१ गते सुवेदी धरौटीमा रिहा भएर घर आएका थिए । भक्तपुर अस्पतालको परिसरमा मंगलबार रातोपाटीकर्मी पुग्दा आक्रोशित मुद्रामा रहेका सुवेदीका आफन्तको आरोप थियो ‘अख्तियारले पटक-पटक बयान लिँदा मानसिक तनावमा आएर उनले आत्महत्या गरे ।

अबौं, करोडौँ घुस खानेहरुलाई अख्तियारले केही गर्न नसक्ने तर सेवाग्राहीले खुसी भएर एक हजार रुपैयाँ खाजा दिएको कुरालाई घुस भनेर तनाव दिएको आत्महत्या गर्न बाध्य बनाएको उनका आफन्तको भनाई छ । २०७५ माघ महिनामा सुवेदीका पिताको निधन भएको थियो ।

मृतक सुवेदीको शव भक्तपुर अस्पतालमा पोस्टमर्टमपछि आजै दाहसंस्कार गरिएको छ । सुवेदीको घरमा वृद्ध आमा, श्रीमती, एक छोरा र एक छोरी छन् । यसअघि पनि त्रिभुवन विश्वविद्यालयमा कार्यरत कर्मचारी लगायत विभिन्न सरकारी निकायमा कार्यरत ३ जना कर्मचारीले आत्महत्या गरेका थिए । श्रोत रातो पाटी s

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

कुवेत lनेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी