Arghakhanchi Bulletin : The Fastest News Publisher

सहकारीको बिकासले सामुहिक सम्बन्ध प्रगाढ बनाउँदछ:प्रदेश सांसद जिसी

   
220   पटक पढिएको

टेकराज भुसाल (टेकु) बुटबल।
असोज ०९, अर्घाखाँचीबुलेटिन- लालटिन कृषि सहकारी संस्था लिमिटेडको चौथो बार्षिक साधरण सभाकाे उद्घाटन गर्दै ५ नं प्रदेश साँसद तारा जिसीले सहकारीको विकासले सामुहिक हक,हित र उन्नतिको अभ्यास गराउने बताउनुभएको छ। जतिवेला बजारले अति आवश्यक वस्तुको उपलब्धता सरल,सहज,गुणस्तर युक्तको साथै सुपथ मुल्यमा उपलब्ध गराउन असफल भयो,त्यही बेला बाट सहकारीको अवधारणा अगाडी अाएको वताउंदै रवर्ट ओवेन सहकारीका जन्मदाता भएको,आदर्श बस्तीहरूको अभ्यास समेत गरिएको वताउनुभयो।

कोपनहेगन अन्तर्राष्ट्रिय सम्मेलनमा सन्१९१०मा सहकारीलाई समाजवादी सत्ताको साधनको रूपमा प्रयोग गरिनुपर्ने प्रस्ताव पारित भएको र सोभियत संघ र चीनमा समाजवाद पछि सहकारीको ब्यावहारिक प्रयोगको ऐतिहासिक तथ्यले सहकारीको महत्व स्पष्ट गरेको छ।

नेपालमा सहकारीको प्रारम्भ बखत सहकारी बाट भएको बताउँदै अहिले नेपालमा ३५हजार करिव सहकारीहरू र त्यसमा पनि १३ हजार भन्दा माथि ऋण तथा बचत सहकारी कार्यरत रहेको र धेरैकाे भूमिका सहकारीको आदर्श अनुरूप नरहेको तथ्य औलाउँदै मापदण्ड र अादर्श सहकारीहरूले बिर्सन नहुने बताउनुभयो।

सामन्तले जस्तै चक्रवर्ति ब्याजको परम्परा बाट सहकारीहरू बच्नुपर्ने,स्थानीय तह जहाँ बैंक तथा वित्तीय संस्था पुग्न सकेका छैनन् त्यहा सहकारीले सेवा बिस्तार गर्नुपर्ने तथा कृषि प्रधान हाम्रो जस्तो देसमा कृषिमा अात्मनिर्भर बनाउन उत्पादनमा लगानी गर्नुपर्ने त्यसकाे लागि कृषिको यान्त्रिकिकरण,बैज्ञानिकरण र ब्यवसायिकरणमा सहकारीहरूको बिशेष भूमिका अावश्यक रहेको बताउनुभयो। सभामा जिल्लाका क्रियाशिल थुप्रै सहकारीका प्रतिनीधिहरु र सहकारिका साधारण सदस्यहरुको उपस्थिति रहेको थियो।

संस्थाले सहकारीका सदस्य किड्नी पिडित दानबहादुर थापालाई अार्थिक सहयाेग काे साथै विभिन्न विधाका उत्कृष्ट शेयर सदस्यहरूलाई पुरस्कृत पनि गरेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

कुवेत lनेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी