Arghakhanchi Bulletin : The Fastest News Publisher

चितवनमा ज्ञानेन्द्र शाही कुटिए

   
694   पटक पढिएको

चितवन। सामाजिक सञ्जालमा विभिन्न अभियान चलाएर चर्चामा आएका ज्ञानेन्द्र शाहीलाई अज्ञात समूहले आक्रमण गरेको छ।

चितवनको चौबिसकोठी होटलबाट निस्कदै गर्दा उनी सवार बा ३ ख ४५ नम्बरको माइक्रोबसमा आक्रमण हुँदा शाही घाइते भएका हुन्। शाहीलाई उपचारका लागि अस्पतालतर्फ लगिएको प्रहरीले जनाएको छ।

उनको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उक्त ठाउँमा सभा गर्न प्रहरीले नदिएपछि फर्कन लागेका शाही सवार गाडीमा अज्ञात समूहले ढुंगा प्रहार गरेको थियो।

ढुंगा प्रहारबाट गाडीको चारैतर्फका सिसा फुटेको छ। केही दिनअघि नेपालगञ्जबाट आउने क्रममा पर्यटनमन्त्री योगेश भट्टराईका कारण जहाज ढिला गरेको भन्दै अभद्र व्यवहार गरेपछि उनको चर्को विरोध भएको थियो। आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । उनको परिचय भने प्रहरीले गोप्य राखेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

कुवेत lनेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी