Arghakhanchi Bulletin : The Fastest News Publisher

आज्ञात समूहको आक्रमणबाट घाईते भएका ज्ञानेन्द्र शाहीलाई चितवन बाट थप उपचारको लागि काठमाडौं पठाइयो

   
318   पटक पढिएको

चितवन । अज्ञात समूहको आक्रमणबाट घाईते भएका ज्ञानेन्द्र शाहीलाई थप उपचारका लागि काठमाडौंमा पठाइएको छ।

चितवन मेडिकल कलेजमा उपचार गराइरहेका शाहीको अवस्थामा केही गम्भिरता देखिएपछि थप उपचारका लागि काठमाडौं पठाइएको हो । शाहीलाई यति एयरलाइन्सको अन्तिम फ्लाईटमार्फत काठमाडौं लगिएको प्रहरीले जनाएको छ । शाहीलाई आज दिउँसो भरतपुरको चौबिसकोठीस्थित ग्लोबल होटलमा अज्ञात समूहले कुटपिट गरेका थिए ।

शाहीले आफुलाई भष्ट्राचार बिरोधी अभियान्ता भन्दै आएका थिए । प्रहरीका अनुसार बा ३ ख ४५ नम्बरको माइक्रोबसमा आक्रमण हुँदा शाही घाइते भएका थिए । उनको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । ढुंगा प्रहारबाट गाडीको चारैतर्फका सिसा फुटेको छ ।श्रोत रातो पाटि

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

कुवेत lनेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी