Arghakhanchi Bulletin : The Fastest News Publisher

साइकल यात्रामा मन्त्री योगेश भट्टराई

   
197   पटक पढिएको

काठमाडौं, ६ मंसीर। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले काठमाडौंदेखि जनकपुरसम्म पुग्ने साइकल यात्राको उद्घाटन गरेका छन्।

नेपाल भ्रमण वर्ष–२०२० मन पूर्वसन्ध्यामा मन्त्री भट्टराईले साइकल यात्राको शुभारम्भ गरेका हुन्। काठमाडौंको पशुपतिबाट सुरु हुने साइकल यात्रा नेपालको ऐतिहासिक भूमि सिन्धुलीगढी हुँदै धनुषाको जनकपुरधाममा पुगेर समापन हुनेछ। साइकल यात्रामा विश्वप्रसिद्ध साइकल यात्री पुष्कर शाहसहित १७५ जना साइकल यात्रीको सहभागिता रहनेछ।

यात्रामा ३८ जना व्यवस्थापनको टीम पनि रहेको छ। साइकल यात्राले भ्रमण वर्षलाई सघाउ पुग्ने मन्त्री भट्टराईको विश्वास छ। भट्टराईले सामाजिक सञ्जालमार्फत् साइकल यात्राबारे जानकारी दिएका छन्। यस्तो छ मन्त्री भट्टराईले दिएको जानकारी। ‘राइड थ्रु सिन्धुलीगढी।

काठमाडांैको पशुपतिबाट आज बिहान शुरु भएको सम्पदा साइकल यात्रा ऐतिहासिक सिन्धुलीगढी हुँदै प्रसिद्ध सांस्कृतिक स्थल जनकपुरमा पुगेर समापन हुनेछ। विश्व प्रसिद्ध साइकल यात्री पुस्कर शाह र १० बर्सीय सुयोगमान सिंह बस्नेत सहित १७५ जना राइडर र ३८ जना ब्यवस्थापकहरुको सहभागीता रहेको छ।

यसबाट ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय स्थलहरुको प्रबद्र्धन हुनका साथै नेपाल भ्रमण वर्ष २०२० लाई पनि विशेष सहयोग पुग्ने अपेक्षा छ।’ नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा पर्यटन मन्त्रालयले पर्यटक आकर्षणका लागि विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको छ।

मन्त्रालयले अन्य सरोकारवाला मन्त्रालय र साझेदार निकायसँग पनि परामर्शका आधारमा भ्रमण वर्ष सफल बनाउने लक्ष्य राखेको छ। सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्राउने योजना अघि सारिसकेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया