Arghakhanchi Bulletin : The Fastest News Publisher

लिपुलेक, कालापानी समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक

   
324   पटक पढिएको

काठमाडौं, मंसिर ८। नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ।

रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी समितिले नेपालको नक्सा सार्वजनिक गरेको हो। नक्सा तयारबारे जानकारी दिँदै अभियानका प्रा. डा. नरेन्द्रराज खनालले विज्ञका हिसाबले नदीको रेखांकन गरिएको बताए। ‘डिजिटल एलिभेसन मोडेलबाट रेखांकन गरेका हौं।

’ सीमा बचाऊ अभियानको नक्सा समितिका विज्ञ कोमलचन्द्र बरालले लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्सा तयार पारिएकाले यसलाई विश्वव्यापी बनाउने जानकारी दिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया