ब्राजिल। ब्राजिलको रिओ दि जेनेरिओ सहरमा दिउँसै मगन्ते युवतीलाई पैसा मागेको निहुँमा पैदलयात्रु एक युवकले पेस्तोल प्रहार गरी हत्या गरेको भिडियो यहाँको टेलिभिजनले सार्वजनिक गरेको छ ।
ती युवतीले पैदलयात्रुसँग ब्राजिलियन एक रियल मागिरहेको भिडियोमा देखिन्छ । तर युवकले अचानक प्यान्टभित्रबाट पेस्तोल झिकेर नजिकैबाट प्रहार गरेको देखिन्छ । त्यसपछि आक्रमणकारी शान्तसँग हिँडिरहेका देखिएका छन् । केही बेरमै तिनै युवा मृतक युवतीलाई बचाउन अत्तालिँदै युवती भएछेउ पुगेर बचाउन प्रयास गरेका छन् ।
ती युवाको नाम अदेर्बल रामोस दे क्यास्त्रो भएको बताइएको छ । ब्राजिलियन प्रहरीका अनुसार ती महिलाले ब्राजिलियन एक रियल मात्रै मागेकी थिइन् । स्थानीयहरुका अनुसार ती ३१ वर्षीया मगन्ते महिलाको नाम जिल्दा हेनरिक दोस सान्तोस लियान्द्रो हो । जसलाई स्थानीयहरु निया भनेर बोलाउँथे ।
साथै ती घरबार विहीन महिला सडक छेउमै बस्दैआएकी थिइन् । उक्त भिडियो फूटेज रेडे टेलिभिजनले सार्वजनिक गरेको थियो । ब्राजिलियन राष्ट्रपति जइर बोल्सानारोले ब्राजिलमा विना कारण आम मानिसलाई हतियार बोक्न छुट दिएका थिए ।एजेन्सी
तपाईको प्रतिक्रिया