Arghakhanchi Bulletin : The Fastest News Publisher

नेपाल मगर संघ, इजरायलले माघेसंक्रान्ती सांगीतिक साँझ आयोजना गर्ने: गायक टंक बुढाथोकी र मनोज मगर इजरायल आउदै

   
229   पटक पढिएको

तेलअभिव,अर्घाखाँचीबुलेटिन। नेपालीहरुको राष्ट्रिय पर्व माघेसंक्रान्ती पावन अवसरमा गरिब,जेहेन्दार तथा बिपन्न बर्गका बालबालिकाहरुको सहयोगार्थ नेपाल मगर संघ , इजरायलको आयोजनामा माघेसंक्रान्ती सांगीतिक साँझ २०७६ हुने भएको छ ।

१७ जनवरी २०२० को शुक्रबार साँझ ७ बजे तेलभिब स्थित हगाना बेईतबरबुर १३५ को हलमा हुने उक्त सांगीतिक साँझमा नेपालबाट आमन्त्रित चर्चित कलाकारहरु टंक बुढाथोकी र मनोज थापा मगरको साथै स्थानीय कलाकारहरुको धमाकेदार प्रस्तुतिहरु रहने आयोजकले जनाएको छ ।

सोहि माघेसंक्रान्ती सांगीतिक साँझ २०७६ मा इजरायलमा रहनुहुने सम्पुर्ण नेपालीभाषी दाजुभाई तथा दिदिबहिनीहरुलाई उपस्थितिको लागी अनुरोध पनि गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया