Arghakhanchi Bulletin : The Fastest News Publisher

अर्घाखाँचीको घुम्ती नरपानी सडक खण्डमा बस दुर्घटना हुँदा १९ जनाको मृत्यु : दर्जनौ यात्रु गम्भीर घाइते

   
18471   पटक पढिएको

 नमराज भुसाल ,नरपानि ।
मङ्सिर ११ ,अर्घाखाँचीबुलेटिन - अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर - ६ घुम्ती नरपानी बिचको सडक खण्डमा सन्धिखर्क देखि बुटवलका लागि आज दिउँसो १:३० बजे छुटेको लु २ ख .२१४८ नम्बरको यात्रु बाहाक बस दुर्घटनामा परेको छ ।

उक्त बस सडक खण्ड देखि नरपानीको कालाखोलामा पाँच ५ सय मिटर तल खसेको प्रत्यक्ष दर्शी स्थानीयहरुको भनाइ रहेको छ ।बसका चालक कपिलबस्तु बिर पूर निवासी बसन्त थापा रहेका छन् ।

दुर्घटनामा अहिले सम्म १० जना पुरुष र ७ जना महिला गरि १७ जनाको घटनास्मृथलमै मृत्यु भएको खबर प्राप्त भएको छ,भने एक जना यात्रुको स्वास्थ्य चौकी ठाडामा उपचारको क्रममा मृत्यु भएको छ। यसै गरि बस धनि सन्तमणि बस्नेतको बुटवलमा उपचारको क्रममा मृत्यु  भए सँगै दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको जानकारी प्राप्त भएको छ। अन्य दर्जनौ गम्भीर घाइते यात्रु हरुलाई घटना स्थल बाट नेपाल प्रहरी र स्थानीयहरुले उद्वार गरि थप उपचारका लागि बुटवल पठाइएको घटनास्थल बाट अर्घाखाँचीबुलेटिनका प्रतिनिधि नमराज भुसालले  जानकारी दिनुभएको छ ।

बसमा कुल यात्रु संख्या ३१ जना रहेको प्रहरीले जनाएको छ ,बस साँगुरो बाटोका मोडहरु कटिङ्ग गर्नका लागि खनेको कच्ची सडक बाट भासिएर ५ सय मिटर तल खसेको प्रहरीले बताएको छ ।बस खोलाको खोचमा छदबिच्छेद अवस्थामा अड्किएको छ । 

मृतक यात्रुहरुको सनाखात हुन् बाँकी रहेको छ भने घाइते हरुको नामावली पनि आउँन बाँकी रहेको छ ,घटनामा मृतक संख्या बढ्न सक्ने प्रहरीको अनुमान रहेको छ।

घटनाको पुरा बिवरण आउँन बाँकी रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया