Arghakhanchi Bulletin : The Fastest News Publisher

बलात्कारको आरोप लागेका चतराका सिद्धबाबा भनिने कृष्णदास गिरी पक्राउ

   
114   पटक पढिएको

सुनसरी - बलात्कारको आरोप लागेका चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिद्धबाबालाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीले बिहीबार नै कृष्णदासविरुद्ध मुद्दा दायर गरेको प्रदेश प्रहरी कार्यालय स्रोतले जनाएको छ । मुद्दा दर्ता भएन भन्दै प्रहरीको आलोचना भए पनि प्रहरीले भने बिहीबार नै मुद्दा दायर गरिसकेको जनाएको छ ।

कृष्णदास पक्राउको विषय प्रहरीले सार्वजनिक भने गरेको छैन । तर प्रदेश प्रहरी कार्यालयका एक प्रहरी अधिकारीले भने कृष्णदास गिरी बिहीबार बिहानैदेखि प्रहरी नियन्त्रणमा भएको बताएका छन् । जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जी लिएर मात्रै सिद्धबाबालाई सार्वजनिक गर्ने तयारी गरिरहेको प्रहरीले बताएको छ ।

सिद्धबाबामाथि आफ्नै अनुयायी महिलामाथि गएको कात्तिक ४ गते बलात्कार गरेको आरोप लागेको छ । ती महिलाले आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको आरोप लगाएकी छिन् ।अन्नपूर्ण पोष्ट बाट

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया