Arghakhanchi Bulletin : The Fastest News Publisher

गुल्मीमा जीप दुर्घटना : ७ जना घाइते

   
78   पटक पढिएको

                                                   (फाइल तस्विर )

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका–७ रुपाकोटमा जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

दुई जनाको अवस्था गम्भीर रहेको छ । शुक्रबार साँझ लु १ च७२४८ नम्बरको जीपको ब्रेक फेला हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनेमा जीप चालक २५ वर्षीय लालबहादुर नेपाली र स्थानीय महिला ५० वर्षीया चन्द्रकला घिमिरे रहेका छन् ।

गम्भीर घाइते हुनेमा जीप चालक २५ वर्षीय लालबहादुर नेपाली र स्थानीय महिला ५० वर्षीया चन्द्रकला घिमिरे रहेका छन् । गम्भीर घाइते दुवैलाई उपचारका लागि पाल्पा पठाइएको छ । अन्य ५ जनाको खैरेनी स्वास्थ्य चौकीमा उपचार हुँदैछ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया