Arghakhanchi Bulletin : The Fastest News Publisher

मालारानी गाउँपालिकामा बिहानै देखि उत्साहका साथ मतदान

   
130   पटक पढिएको

मङ्सिर १४, अर्घाखाँची । अर्घाखाँची जिल्ला को मालारानी गाउँपालिका वडा नं ३ मा सनिवार बिहानै देखि उत्साहका साथ मतदान कार्य सुरु भएको छ ।

बिहान ७ बजेपछि मतदान सुरु भनिएता पनि मतदाताहरु मतदान गर्न उत्साहका साथ बिहानै ५ बजेदेखि नै लाईनमा बसेका हुन । मालारानी गाउँपालिका वडा नं ३ का ५५ वर्षीय वडा अध्यक्ष जीवन कुमार चौहान को उपचारको क्रममा भरतपुर मेडिकल कलेज चितवनमा २०७४ साल पुसमा निधन भएको थियो ।

निधन भएपछि उक्त स्थानमा उपनिर्वाचन हुन लागेको छ । पहिलाे मतदान केन्द्र आदर्श मा.वि. खनदह मा रहेकाे छ भने दाेश्राे केन्द्र सुन्दरा आधारभुत विद्यालय सावडाँडा मा रहेकाे छ । पहिलाे केन्द्र मा मतदाता संख्या १६२० र दाेश्राे केन्द्र मा १३९१ गरि जम्मा मतदाता संख्या ३०११ रहेकाे हो । जसमध्ये दिउँसो १ बजे सम्म १७४७ खसेको मतदानमा अशक्त र अपाङ्गहरुलाई लाईन लाग्न नपर्ने गरी मतदान गर्ने व्यबस्था मिलाईएको प्र जि अ बिजयराज पौडेल ले जानकारी गराउनु भएको छ ।

उपनिर्वाचनमा नेकपा बाट यमलाल खनाल , नेपाली कांग्रेस बाट शोभाखर खनाल र राप्रपाबाट रण बहादुर खनाल को उम्मेद्धवारी परेको छ । २०७४ काे निर्वाचनमा तात्कालिन नेकपा माओवादि र नेपाली काँग्रेस काे गठवन्धनका उम्मेदवार शाेभाखर खनाललाई हराउँदै तत्कालीन नेकपा एमालेका उम्मेदवार जीवन कुमार चाैहानले वडा अध्यक्ष पदमा निर्वाचीत हुनु भएको थियाे । जीवन कुमार चौहान काविकास का अधुरा सपना पुरा गर्न नेकपा ले जित्नु पर्ने मतदाता भुवन बस्नेत ले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया