Arghakhanchi Bulletin : The Fastest News Publisher

पूर्वराजा शाह किन निस्किँदैछन् भोलिदेखि प्रदेश ५ को भ्रमणमा ?

   
134   पटक पढिएको

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबारदेखि प्रदेश नम्बर ५ को भ्रमणमा निस्कने भएका छन् ।

पूर्वराजा शाहका संवाद सचिव फणि पाठकका अनुसार उनी आइतबार निजी भ्रमणको सिलसिलामा भैरहवा जान लागेका हुन् । शाहले भैरहवालाई मुकाम बनाएर त्यसआसपासको जिल्लाको भ्रमण गर्ने बताइएको छ । स्रोतका अनुसार भ्रमणमा पूर्वरानी कोमलको सहभागिता हुनेछैन ।

सो भ्रमणका क्रममा उनले विभिन्न मठ मन्दिरको भ्रमण गर्नुका साथै राजवादीहरुसँग पनि भेटवार्ता गर्ने बताइएको छ । उनी करिब २ साता त्यहाँ रहने बताइएको छ । बेलाबेलामा जिल्ला भ्रमणमा निस्किएर आफ्नो सक्रियता बढाउँदै आएका पूर्वराजाले विगतकै जस्तो प्रचलनलाई यसपटक पनि निरन्तरता दिएका हुन् ।

दुई साता अघिमात्रै राजधानीको एक क्लबमा राजपरिवारका अन्य सदस्यसहित पूूर्वराजा देखिएका थिए । उनी नाइट क्लबमा पुगेको विषयले निकै चर्चा पनि पाएको थियो । साभार रातो पाटि बाट

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया