Arghakhanchi Bulletin : The Fastest News Publisher

सन्धिखर्कको नयाँ बस पार्क नजिकैको ओरालोमा टयाक्टरले ठक्कर दिँदा दुई बालक गम्भीर घाइते : घाइतेहरुको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछी भैरहवा रिफर

   
817   पटक पढिएको

नमराज भुसाल ,सन्धिखर्क।
मङ्सिर ,१४ अर्घाखाँचीबुलेटिन -अर्घाखाँची जिल्लाको सन्धिखर्क नगर पालिका वडा नम्बर - १ को नयाँ बस पार्क नजिकै को ओरालोमा आज बेलुका ट्याक्टरले बाटोमा हिडीरहेका २ जनालाई ठक्कर दिएको छ।

लु.३ त. १८१८ नम्बर को पाइप र सिमेन्टका बोरा बोकेर हिडेको ट्याक्टरले सन्धिखर्क नगरपालिका वडा नम्बर - ६ नरपानी जगातका ७ बर्षिय गोकुल थापा लाइ र भुमिकास्थान नगरपालिका वडा नम्बर - ६ खिल्जिका ८ बर्षिय अनुराग जि. सि. लाइ एक्कासि ठक्कर दिंदा गम्भीर घाइते भएका छन।

घाइतेहरुलाई जिल्ला अस्पताल अर्घाखाँचीमा सामान्य उपचारपछी थप उपचारको लागि भैरहवा रिफर गरिएको जानकारी आएको छ भने ठक्कर दिने ट्याक्टर र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया