Arghakhanchi Bulletin : The Fastest News Publisher

अर्घाखाँचीमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न

   
184   पटक पढिएको

नेत्र मरासिनी, मंसीर १४ ।  अर्घाखाँचीको मालारानी गाउपालीका वार्ड न.- ३ मा वडा अध्यक्ष पदको लागी भएको उपनिर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ ।

३०११ मतदाता रहेको उक्त वार्डमा दुइवटा मतदान स्थल रहेका थिए । विहान ७ बजेनैै शुरु भएको निर्वाचनमा २२२५ मत खसेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताउनु भएको छ ।

आदर्श मावि खनदह केन्द्रमा ११६९ र सुन्दरा आधारभुत बिद्यालयमा १०५६ मत खसेको होे । सर्वदलीय बैठक बसी आज देखीनै मत गणना सुरुहुने मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले जानकारी दिनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया