Arghakhanchi Bulletin : The Fastest News Publisher

थबाङबाट खाता खोल्यो नेकपाले, वडाध्यक्षमा जनक बुढा विजयी

   
131   पटक पढिएको

रोल्पा । थबाङ गाउँपालिका वडा नं. १ को अध्यक्षमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार जनक बुढा निर्वाचित भएका छन् ।

शनिबार भएको उपनिर्वाचनमा उनले १७४ मत ल्याएर वडाध्यक्षमा विजयी बनेका हुन् । बुढाले नेपाली कांग्रेसका उम्मेदवार कमल रोकालाई पराजित गरेर विजयी भएका हुन् । कांग्रेस उम्मदेवार रोकाले २६ मत ल्याएको निर्वाचन समितिले जनाएको छ । उपनिर्वाचनमा दुई सय ९ जनाले मतदान गरेका थिए ।

९ मत बदर भएको छ । उक्त वडाका अध्यक्ष फर्कबहादुर बुढाको मस्तिस्कघातका कारण निधन भएपछि उपनिर्वाचन भएको हो । बुढाले स्वतन्त्रबाट चुनाव जितेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया