Arghakhanchi Bulletin : The Fastest News Publisher

अर्घा साना किसान कृषि सहकारी संस्थाको पाँचौं बार्षिक साधारण सभा सम्पन्न

   
118   पटक पढिएको

कमला थापा ,धरम्पानी ।
मङ्सिर १४ ,अर्घाखाँचीबुलेटिन -  अर्घा साना किसान कृषि सहकारी संस्थाको पाँचौं बार्षिक साधारण सभा तथा व्यवासायीक उत्कृष्ट कृषक सम्मान कार्यक्रम सन्धिखर्क नगरपालिका -१० धरमपानीको सिमलपानीमा सम्पन्न भएको छ।

मुना सिँह ठकुरीको अध्यक्षयतामा रहेको कार्यक्रममा प्रमुख अथिति सन्धिखर्क नगरपालिकाका उप -प्रमुख ठाकुर कुमार बि.क .(किशोर )को रहेको थियो भने विशिष्ट अथितीमा पदम रेग्मी ,बडा सदस्य -ऋषि भुसाल ,अथिति ज्ञानेन्द्र नारायण ,मनोज खनाल ,खाँचीकोट तरकारी संचालाक जोन सदस्य चन्द्र गैरे ,प्रबन्धक सरस्वता न्यौपाने ,पुजा वली भट्टराई , आदर्श बहु उदेश्य सहकारी संस्थाका अध्यक्ष राम जी मरासिनी ,मनकामना महिला बिकास बचत ऋण तथा ऋण सहकारी का मित्र आचार्य , सिटिजन इन्सोरेन्स का लक्षमण मरासिनी लगायत अन्य समाजसेवी ,पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमम प्रमुख अथिति द्वारा ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो भने राष्ट्रिय गगान बजाएर मौन धारणा गरिएको थियो। साथै उपस्थित सम्पूर्ण अथितिहरुललाइ फुल माला र ब्याच लगाएर सम्मान गरिएको थियो । उक्त कृषि सहकारी संस्थाको पाँचौं बार्षिक साधारण सभामा अध्यक्षका प्रतिबेदन ,लेखा समितिका प्रतिबेदन ,लेखा परिक्षण प्रतिबेदन ,सार्वनिक गर्नु भएको थियो ।

कार्यक्रममा बिभिन्न संघ संस्था र उपस्थित अथिति ज्युहरुले आफ्नो शुभकामना मन्तव्य राख्नु भएको थियो। साथै अर्घा साना किसान कृषि सहकारी संस्थाका प्रतिनिधिहरुले संस्थामा आबद्ध रहनुभएका सम्पूर्ण सदस्यहरुलाई र दुर्घटनामा परि मृत्यु हुने हरुलाई संस्था बाट र जीवन बिमा गरेको आधारमा मासिक भुक्तानी गर्ने रकमको आधारमा इन्सोरेन्स पैसा दिने बताउनु भएको थियो।

सिटिजन इन्सोरेन्स का लक्षमण मरासिनीले आफ्नो मन्तव्य राख्दै गत महिना कपिलबस्तुमा भएको बाइक दुर्घटनामा परि मृत्यु हुने चप्रुंग निवासी सोमनाथ पौडेलले ५० लाखको बिमा गरेका र उनको अकास्मीक निधनले गर्दा निजको घरपरिवारलाइ सिटिजन इन्सोरेन्सले १ करोड रुपयाँ दिने घोषणा गर्नु भयेको थियो ।

कार्यक्रममा व्यवासायीक उत्कृष्ट कृषक सम्मान पनि रहेको थियो जसमा सन्धिखर्क नगरपालिका - १० धरमपानिकी तारा आचार्य ,र सोहि नगरपालिका खरिखोलाकी मधु भट्टराई सम्मानित हुनु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया