Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

एकै परिवारका ६ सहित ७ को दुर्घटनामा निधन

   
517   पटक पढिएको

विराटनगर ,१५ मंसिर । सुनसरीकाे हरिपुरमा भएकाे सवारी दुर्घटनामा परी उदयपुरको त्रियुगा नगरपालिकाका एकै परिवारका ६ जना सहित ७ जनाको मृत्यु भएको छ ।

विराटनगरबाट शव लिएर फर्कदै गरेको काे १ च ९३६४ नम्बरकाे एम्वुलेन्स र वीरगञ्जबाट विराटनगर तर्फ आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रक ठोक्किदाँ एम्बुलेन्समा सवार ६ जनाकाे घटना स्थलमै मृत्यु भएकाे हाे । दुर्घटनामा एम्बुलेन्स पूर्ण क्षति भएकाे छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गएराती एम्बुलेन्समा ८५ वर्षिय शिवमाया राईको शव लिएर फर्किदै गरेका ३४ वर्षीय दुर्गाधन राई, २८ वर्षीय टकेन्द्र राई, ५० वर्षीय तुलबहादुर राई, ३५ वर्षीय मुकेश राई, ३१ वर्षीय दिनेश राईको मृत्यु भएको हो । मृतक सबै एकै परिवारका हुन्। दुर्घटनामा एम्बुलेन्स चालक २८ वर्षको राजेश दनुवारकाे पनि मृत्यु भएकाे छ

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया